निर्माणाधिन विमानस्थल समयमै सम्पन्न नहुँदा सर्बसाधारण मर्कामा

काठमाण्डु टुडे २०७१ असोज ६ गते ८:०१ मा प्रकाशित

डोल्पा , ६ असोज – लामोसमयदेखि निर्माणाधिन जुफाल विमानस्थलको अझै पनि निर्माणकार्य सम्पन्न हुनसकेको छैन ।

jufalडोल्पाको यातायातको मुख्य साधनको रुपमा रहेको एकमात्र जुफाल बिमानस्थलको समयमै निर्माणकार्य सम्पन्न हुन नसक्दा यात्रुहरु मारमा परेका छन् ।
निर्माण जिम्मा पाएको सिद्धि कन्स्ट्रक्सनले काममा ढिलाईगरेकाले समयमै निर्माणकार्य सम्पन्न हुन नसकेको हो ।

नागरीक उड्डयन प्राधिकरणको तर्फबाट बिमानस्थलको साईड हेर्ने जिम्मा पाएका वीरबहादुर शाहीले भने बेलाबेलामा पानी परीरहेकाले यसको निर्माणकार्यमा ढिलाई भएको र दसै पछि लगत्तै काम सुरु गराउने उनले जानकारी दिए ।

बिमानस्थल पिचको लागि सरकारले ९ करोड ७० लाख रकम बिनियोजन गरेको थियो । यस बिमानस्थलमा तारा एअर, गोमा एअर, मकालु एअर, काष्टमण्डप एअर र नेपाल वायु सेवा निगमले उडान भर्ने गरेकाछन् ।

नागरीक तथा उडड्यन प्राधिकरणले २०७० साल पौषमा सकिसक्नुपर्ने सम्झौता गरेपनि सो समयमा काम सम्पन्न नभए लगत्तै दुईपटकसम्म म्याद थपिसक्दा पनि अझै निर्माणकार्य हुन सकेको छैन ।
घामलागे धुलाम्य र पानी पर्दा हिलाम्य हुने यस बिमानस्थल निर्माणको क्रममा लथालिङग भएकाले यात्रुहरुले लामोसमयदेखि शाष्ति खेपिरहेकाछन भने यात्रुहरु समयमै आफनो गन्तब्य स्थल सम्म पुग्न पाएकाछैनन ।

यसरी ठेकेदारको लापरबाहिका कारण समयमै निर्माणकार्य सम्पन्न हुन नसकेको जुफाल बिमानस्थलसमयमै निर्माणको लागि सम्बन्धित निकायको ध्यान जान जरुरीछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us