एसियाडमा सुटिङतर्फ नेपाली महिलाले बनाए राष्ट्रिय कीर्तिमान

काठमाण्डु टुडे २०७१ असोज ६ गते ४:१९ मा प्रकाशित

इन्चन, ६ असोज– एसियाडमा सोमबार नेपाली महिला खेलाडीले सुटिङतर्फ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
१० मिटर एयर राइफलको प्रतिस्पर्धामा स्नेहा शाहले ३ सय ९७ दशमलब ६ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि उनी र भगवती खत्रीको नाममा समान ३ सय ८८ अंकको राष्ट्रिय कीर्तिमान थियो ।
स्नेहा र फुलमाया क्याप्छाकी ओलम्पिक छनोटका लागि दाबेदार बनेका छन् ।  फुलमायाले ३ सय ९३ दशमलब ७ अंक जोडेकी छन् ।  अस्मिता राईले भने ३ सय ८१ दशमलब २ अंक जोडिन् । ५४ खेलाडीले भाग लिएको प्रतिस्पर्धामा उनी ५३ औं स्थानमा परिन् । चीनकी बिनबिन झाङ अयोग्य घोषित भएकी थिइन् ।  टीम स्पर्धामा भने नेपाल चौधौं स्थानमा रह्यो । चीन अयोग्य घोषित भएपछि नेपाल पुछारबाट पहिलो स्थानमा रह्यो ।
महिला सुटरहरुको खेलमा सुधार देखिए पनि पौडीमा भने खराब प्रदर्शन जारी छ ।  महिलातर्फ एक सय मिटर फ्रि स्टाइलमा सोफिया शाह हिट चरणबाटै बाहिरिएकी छन् ।

उसुको थाउलोतर्फ पुरुष नानक्वानमा सन्नी श्रेष्ठले ११ औं स्थान हात पारे । उनले समग्रमा ८ दशमलब ८३ अंक बनाए । यो स्पर्धामा १६ देशका खेलाडीले भाग लिएका थिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us