बोगटीलाई सम्झंदै प्रचण्ड र बाबुरामले रुँदै भने, ‘एकताबद्ध हुन्छौं’

काठमाण्डु टुडे २०७१ असोज ६ गते ३:४६ मा प्रकाशित

काठमाण्डु, ६ असोज–एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराईले एक साता अघि निधन भएका उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई स्मरण गर्दै भने, ‘अब हामी एकतावद्ध भएर पार्टी पुननिर्माण गर्छौ prachanda-baburam।’  जीवीत रहदै बोगटीको सपना दुई नेता मिलेर पार्टी एकतावद्ध गराउने भएको स्मरण गर्दै दुवै नेताले उनको सपना पुरा गर्ने वाचा गरे ।

एमाओवादीभित्र दाहाल र भट्टराईबीच अन्तरसंघर्ष ‘भुसको आगोझै सल्किरहेको बेला’ दुई नेताको प्रतिवद्धता दिवंगत नेता बोगटीको श्रद्धाञ्जलीसभाका दिन आएको छ । दुवै नेता बोगटीलाई सम्झने क्रममा मंचमै रोएका थिए । जसले श्रद्धाञ्जलीसभामा केहीबेर सन्नाटा छाएको थियो । बोगटीको गत बिहीबार निधन भएको थियो ।

‘दिवाकरकाे सपना पार्टी एकतावद्ध भएर अघि बढोस् भन्ने थियो’ दाहालले रुदै भने, ‘उहालाई सम्झनु भनेको एकतालाई अझ मजबुद बनाउनु  भयो ।’ उनले पार्टी एकताका लागि आफू अन्तिम क्षणसम्म लागिरहने प्रतिवद्धता जनाए ।

नेता भट्टराईले भदौ २४ गते बोगटीसंग भएको अन्तिम भेट सम्भिmए । आफ्नो निवासमा भएको वरिष्ठ नेतासंग भएको भेटपछि बोगटीसंग छुट्टै कुरा भएको सम्झिए । ‘हमेशा पार्टी एकतावद्ध भइरहोस् भन्ने चाहने दिवाकर र मेरो अन्तिम पटक कुराकानी भयो’ उनले गला अवरुद्ध गर्दै बोगटीले भनेको सुनाए ‘म प्रचण्ड र तपाईबीच एकता भइरहोस् भन्ने चाहन्छु ।’ त्यसबेला ‘तपाई ढुक्क हुनुहोस, हामी एकतावद्ध भएर जान्छौ’ भनेको भट्टराईले बताए । बोगटीको श्रद्धाञ्जली दिदै गर्दा दाहाल र भट्टराईको आखाबाट बगेको आसु पार्टी एकताका साधन बनोस् भन्ने कार्यकर्ताले कानेखुशी गरेको सुनिन्थ्यो ।

दुबै नेताले बोगटी दाया र बाया अतिवादको पक्षमा नभएको उल्लेख गर्दै पार्टीभित्र ठूला संघर्ष हुदा पुलको काम गरेको बताए । ‘दिवाकर कहिले पनि अतिवादको पक्षमा हुनुहुन्थ्यो’ दाहालको भनाइ थियो, ‘बाबुरामजीले भनेजस्तो हमेशा हामी पार्टी एकतावद्ध बनाउने छौ ।’

बोगटीको इमान्दारिता, निष्ठा, सरलताले पार्टीलाई शुद्धिकरणको अभियानमा जाने शिक्षा दिएको नेताहरुको भनाइ थियो । माध्यामिक तहसम्मको अध्ययन गरे पनि बोगटीमा जानेको कुरा लागु गर्ने क्षमता भएको ती नेताहरुको भनाइ थियो । ‘लाल भयो भने निपुण हुन सकिन्छ भन्ने उदाहरण दिवाकर हुनुहुन्थ्यो’ भट्टराईले बोगटीलाई रविको नामले समेत बोलाउने गरेको जनाए, ‘रविले छाडेको प्रकाश निरन्तर आइरहनेछ । त्यो प्रकाशलाई ब्यापक बनाउने अभिभारा हाम्रो हो ।’ जहा समस्या त्या बोगटीलाई जिम्मा दिएको प्रसंग उनले सुनाए । ‘रोल्पा, रुकुममा २०५५ सालमा पार्टी संकट ष्परेको बेला बोगटीजीलाई जिम्मा दिएका थियौ, जहा समस्या उहा त्यहा जानुहुन्थ्यो’ उनले भने, ‘उहामा इमान्दारिता हुदैनथ्यो भने हामी त्यति ठूलो जिम्मेवारी दिदैनथ्यौ ।’

उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बोगटीले नेताहरुलाई इमान्दार हुन सिकाएको उल्लेख गर्दै नेताले भनाइ र गराइमा एकरुपता हुनुपर्ने बताए । ‘हामी जे भन्छौ, त्यो गर्ने बोगटीले सिकाउनु भएको छ, हामीले त्यही गर्नुपर्छ’ उनको भनाइ थियो । एमाले सचिब गोकर्ण बिष्टले बोगटी पार्टी बाहिर पनि त्यत्तिकै लोकपि्रय भएको उल्लेख गर्दै वाम आन्दोलनको नेताको रुपमा सम्झिए । नेकपा-माओवादी उपाध्यक्ष सीपी गजुरेलले बोगटी जहिले पनि लक्ष्यप्रति इमान्दार रहेको उल्लेख गरे । बोगटीका जुवाइ निर्मल आचार्यले शिर्ष नेताहरु इमान्दार, व्यबहारिक हुनुनै मुख्य कुरा भएको बताए । बोगटीलाई श्रद्धाञ्जली दिन केन्द्रीय कार्यालय पेरिसडाडामा ठूलो भिड लागेको थियो ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us