काठमाण्डु, १९ असोज–आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि मतपत्र छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शनिबारदेखि छपाइको काम सुरु गरेको छ । प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयन दर्ता भएलगत्तै लिमिटेडले मतपत्र छाप्न सुरु गरेको हो । दसैं बिदाको समयमा समेत...
काठमाण्डु, १९ असोज– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चाले संविधानसभा निर्वाचनमा उम्मदेवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । मोर्चाले सबै उम्मेदवारलाई शनिबार पत्रचार गर्दै द्वन्द्व निम्त्याएर मुलुकलाई सिक्कीमीकरण गर्ने उद्धेश्यका साथ गर्न लागिएको निर्वाचनमा सहभागिता नजनाउन चतेतावनी दिएको हो ।...
निरज सापकोटा मन्थली, १९ असोज । रामेछापको सदरमुकाम मन्थलीबाट यात्रु बोकेर सा“घुटारतर्फ हिँडेको रामेछाप यातायातको ना२ख ७७८३ नं को यात्रुवाहक बस रामेछाप गाविसको बाबियाखर्कस्थित आइतबारे डाँडामा सडकबाट लगभग १५० मिटर तल खस्दा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६० भन्दा बढी घाइते...
काठमाण्डु, १९ असोज– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी शक्ति आफ्नो पार्टी नेतृत्वलाई बदनाम गराउन लागिपरेको बताएका छन् । चुनावी प्रचार–प्रसारका लागि पार्टी केन्द्रीय प्रचार विभागले सुरु गरेको कृष्ण सेन समाचार सेवाको शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडााडामा उद्घाटन गर्दै उनले आफ्नो...
काठमाण्डु, १९ असोज– पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापा अस्वस्थ भएका छन् । नसासम्बन्धी समस्या देखिएपछि उनलाई उपचारार्थ काठमाण्डुको बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ । राप्रपा प्रचार विभाग सह–संयोजक किरण गिरीले जानकारी दिए । अध्यक्ष थापाको उपचारमा वरिष्ठ न्यूरोसर्जन देवकोटा नेतृत्वको...
काठमाण्डु, १९ असोज– एकीकृत नेकपा माओवादीले चुनावी प्रचार–प्रसारका लागि कृष्णसेन समाचार सेवा सुरु गरेको छ । समाचार सेवाको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा एक कार्यक्रमबीच उद्घाटन गरे । चुनावी प्रचार आक्रामक र व्यवस्थित बनाउन कृष्ण सेन समाचार सेवा सञ्चालन गर्न...
काठमाण्डु, १९ असोज– एमाले बारा–४ का उम्मेदवार मोहम्मुद आलममाथिको आक्रमणपछि सरकार निर्वाचन सुरक्षाका लागि विशेष सुरक्षा योजना ल्याउने तयारीमा जुटेको छ । गृह प्रशासनले उम्मेदवार सुरक्षाका लागि विषेश सुरक्षा योजना ल्याउने गरी छलफल थालेको छ । आज शनिबार भएपनि गृहमन्त्री माधव घिमिरेले सुरक्षा योजनाबारे...
काठमाण्डु १९ असोज–एमाले महासचिव इश्वर पोखरेलले आगामी निर्वाचनबाट गठन हुने संविधानसभाले समयमै लोकतान्त्रिक र प्रगतिशिल सविंधान जारी नसके त्यसपछि हुने निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन । दशै,तिहार, छठ तथा नेपालसम्बतको अवसरमा काठमाण्डु–५ अन्तर्गत एमालेको विष्णु बुढानिलकण्ठ गाँउ कमिटीले आयोजना गरेको शुभकामना आदान...
काठमाण्डु, १९ असो– आगामी ४ मंसिरमा हुने संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दिएकामाथि आज दाबी विरोध हुँदैछ । बिहान १० देखि साँझ ५ बजेसम्म कार्यालय समयमा सम्वन्धित जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । देशभरका २ सय ४० वटै...
काठमाण्डु, १९ असोज–नेपालीहरुको महान् चाड विजयादशमीको पहिलो दिन नेपालीको आँगनमा खुशियालीपूर्वक घटस्थापना भित्राइँदैछ । घटस्थापनाको साइत शनिवार बिहान ९ः५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विजयदशमीको पहिलो दिन घटस्थापनामा दुई महत्वपूर्ण कृत्य (कार्य) गर्ने गरिन्छ । पहिलो सबै नेपालीको घरघरमा जमरा...
काठमाण्डु, १९ असोज– काठमाण्डुको थापाथलीमा एक युवक मृत फेला परेका छन् । थापाथलीस्थित बागमती पुलमा अन्दाजी ३० वर्षीय पुरुषको शव भेटिएको महानगरीय प्रहरी महाशाखाले जनाएको छ । जनजाति मुलका ती व्यक्तिलाई कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका गरिएका छ । यद्यपि, पोष्टमार्टमा रिपोर्ट...
काठमाण्डु, १८ असोज–आगामी ४ मंसिरमा हुने दोस्रो संविधानसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनमा भाग लिन निवेदन दिएका दलहरुले निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् । एकीकृत माओवादी, काँग्रेस, एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल, राप्रपा, राप्रपा नेपाल, फोरम नेपाल, फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक,...