राजनीति

नदीमा बस खस्दा एकजनाको मृत्यु,१५ घाइते

२०७० असोज २१ गते १:३८

कपिलवस्तु, २१ असोज– पूर्वपश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको वाणगंगामा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् । मनकामना मन्दिर दर्शन गरेर दाङ फर्किने क्रममा बा २ ख १५९१ नम्बरको बस पुलबाट वाणगंगा नदीमा खस्दा तुल्सीपुर नगरपालिकाकी ३९...

आज विश्व बसोबास दिवस

२०७० असोज २१ गते १:३६

काठमाण्डु, २१ असोज–विश्व बसोबास दिवस सोमबार बिभिन्न कार्यक्रम गरी मनाईंदै छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघसंस्थाले बिभिन्न कार्यक्रम आयोजना गरेका छन् । संयुक्त राष्ट्रसंघले यसबर्षको दिवसको नारा ‘सहरी आवागमन’ तय गरेको छ । संयुक्त राष्ट्रसंघले हरेक बर्षको अक्टुबर महिनाको पहिलो सोमबारलाई विश्व...

पाँच जनाको उम्मेदवारी रद्द

२०७० असोज २० गते १५:५२

काठमाण्डु– निर्वाचन आयोगले उमेर नपुगेको र पार्टीको आधिकारिक पत्र नभएको भन्दै आसन्न संविधानसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पाँच जना उम्मेदवारको उम्मेदवारी रद्द गरेको छ ।  प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ५ जनाको उम्मेदवारी रद्ध गरिएको हो । उम्मेदवारी रद्ध हुनेमध्ये २ जना उम्मेदवारको, एकजना प्रस्तावकको उमेर...

प्रधानसेनापतिको अभिव्यक्तिप्रति रक्षा गम्भीर

२०७० असोज २० गते १५:२४

काठमाण्डु, २० असोज– प्रधासेनापति गौरवशम्शेर राणाले भारतीय सञ्चार माध्यम ‘टाइम्स अफ इन्डिया’को अनलाइन संस्करणलाई अन्तर्वार्तामा दिएकामा रक्षा मन्त्रालय गम्भीर बनेको छ । प्रधानसेनापति राणाले कुटनीतिक मर्यादाविपरीत अन्तर्वार्तामा दिएको भन्दै रक्षामन्त्रालय गम्भीर बनेको हो । साताव्यापी भारत भ्रमणका क्रममा रहेका प्रधानसेनापति राणाले ‘टाइम्स अफ इन्डिया’को...

कालीकोटका बाढीपीडितले भने–हामी कुनै उम्मेदवारलाई मतदान गर्दैनौ

२०७० असोज २० गते १५:२२

कालीकोट, २० असोज–संविधानसभाको निर्वाचन नजिकिँदै गर्दा आफ्ना समस्या समाधानका लागि पहल नगरेको भन्दै कालीकोटस्थित शान्तिघाटका बाढी पीडितले आउने संविधानसभाको निर्वाचनमा कुनै पनि दलका उम्मेदवारलाई मतदान नगर्ने बताएका छन् । गएको असार २ गते आएको भयानक बाढीका कारण मेहलमुडिको लामाबगरमा १६ जनाको ज्यान लिने गरी...

नाम फिर्ता लिंदै माओवादीका बागी उम्मेदवार

२०७० असोज २० गते १५:२०

काठमाण्डु, २० असोज–पार्टीको आधिकारिक उम्मेदवारका ठाँउमा बागी उम्मेदवारी दर्ता गराएका एकीकृत माओवादीका दुई नेताले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एकीकृत नेकपा माओवादीले आसन्न संविधानसभा निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध बागी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गराउने पहल सुरु गरेलगत्तै उनीहरुले आफ्नो नाम फिर्ता गरेका हुन । धनुषा–१...

वैद्य मोर्चा दसैं–तिहारलगत्तै आन्दोलनमा जाने

२०७० असोज २० गते १५:१५

काठमाण्डु, २० असोज– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चाले दसैं र तिहारलगत्तै आन्दोलन चर्काउने निर्णय गरेको छ । माओवादी कार्यालय बुद्धनगरमा आइतबार बसेको मोर्चाको बैठकले दसैं तिहारलगत्तै निर्वाचनलाई प्रभावित गर्ने गरी आन्दोलनका कार्यक्रम ल्याउने निर्णय गरेको क्रान्तिकारी कमयुनिष्छ पार्टीका केन्द्रीय सदस्य प्रकाश...

आलममाथिको आक्रमणबाट एमाले डराउँदैनः ओली

२०७० असोज २० गते १५:०७

भक्तपुर, २० असोज– एमाले स्थायी कमिटी सदस्य केपी ओलीले बारा–४ का आफ्ना उम्मेदवार मोहम्मुद आलममाथि कायरतापूर्ण आक्रमण भएको र त्यस्तो आक्रमणबाट नडराउने बताएका छन् । पार्टी सम्वद्ध युवा संघले दसैं र तिहारका अवसरमा आइतबार ललितपुरको कौशलटारमा गरेको कार्यक्रममा ओलीले त्यस्तो आक्रमणबाट एमाले नतर्सने बताए...

राप्रपा अध्यक्ष थापाको शल्यक्रिया

२०७० असोज २० गते १४:५२

काठमाण्डु, २० असोज – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको शल्यक्रिया गरिएको छ । मस्तिष्कमा रक्तश्राव भएका कारण दाहिने हात चलाउने अप्ठेरो भएपछि थापालाई शुक्रबार साँझ न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनको न्यूरो अस्ततालमा आइतबार सफल शल्यक्रिया गरिएको हो । शल्यक्रिया...

परिवर्तन पक्षधरले नजिते फेरि संविधान बन्दैनः प्रचण्ड

२०७० असोज २० गते १२:३८

काठमाण्डु, २० असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचानसहतिको संघीयता पक्षधर शक्तिको दुई तिहाई बहुमत नआए नयाँ बन्ने संविधानसभाबाट पनि संविधान जारी हुन नसक्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार भएको पार्टी प्रवेश कार्यक्रममा उनले विगतमा परिवर्तनविरोधी शक्ति हाबी भएका...

चुनावी सुरक्षाको वातावरण बनाउन आयोगको आग्रह

२०७० असोज २० गते ११:५१

काठमाण्डु, २० असोज – राष्ट्रिय मानव अधिकार आयोगले आसन्न संविधानसभा निर्वाचनमा स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने नागरिक अधिकार ग्यारेण्टी गर्न सरकार र दलहरुलाई आग्रह गरेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै बारा–४ का एमाले उम्मेदवार मोहमुद आलममाथि भएको गोली प्रहारको घटनाले आफ्नो गम्भीर ध्यानाकर्षण...

प्रधानसेनापतिबारेको समाचार तथ्यहीनः नेपाली सेना

२०७० असोज २० गते ११:२१

काठमाण्डु, २० असोज – नेपाली सेनाले प्रधानसेनापति गौरवशम्शेर राणाले भारत भ्रमणका क्रममा चीन–भारत सम्बन्धबारे केही नबोलेको दाबी गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयले आइतबार विज्ञप्तिमार्फत प्रधानसेनापति राणाले कुनै पनि भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिएको दाबी गरेको हो । विज्ञप्तिमा राणाको अभिव्यक्ति भन्दै आएका समाचार तथ्यहीन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us