काठमाण्डू र ललितपुरमा २ जनाको शव भेटियो

काठमाण्डु टुडे २०८२ असार १५ गते १७:४४ मा प्रकाशित

काठमाण्डू, १५ असार– काठमाण्डू र ललितपुरका दुई फरक ठाउँमा दुई जनाको शव फेला परेको छ । काठमाण्डू गोकर्णेश्‍वर नगरपालिका–७ दक्षिणढोकामा एक पुरुषको शव फेला परेको हो ।

दक्षिणढोका डेरा गरी बस्ने धादिङ धुनीबेशी नगरपालिका–६ घर भएका ३५ वर्षीय रमेश आचार्य आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

 त्यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका–२ उदयबस्तीस्थित पुरानो भत्किएको घरमा एक महिला मृत भेटिएकी छिन् । नाम, थर र वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us