आज विश्व बसोबास दिवस

काठमाण्डु टुडे २०७० असोज २१ गते १:३६ मा प्रकाशित

काठमाण्डु, २१ असोज–विश्व बसोबास दिवस सोमबार बिभिन्न कार्यक्रम गरी मनाईंदै छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघसंस्थाले बिभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

संयुक्त राष्ट्रसंघले यसबर्षको दिवसको नारा ‘सहरी आवागमन’ तय गरेको छ ।

संयुक्त राष्ट्रसंघले हरेक बर्षको अक्टुबर महिनाको पहिलो सोमबारलाई विश्व बसोबास दिवसको रुपमा घोषणा गरेपछि नेपालले पनि यो दिवस मनाउन थालेको हो ।

सहरी आवागमनका क्षेत्रमा देखापरेका समस्या र चुनौतिको न्यनुनिकरण तथा तिव्र शहरीकरणले शहरी आवागमनमा पारेको अप्ठेरोलाई हटाउन जागरण फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us