प्रधानसेनापतिबारेको समाचार तथ्यहीनः नेपाली सेना

काठमाण्डु टुडे २०७० असोज २० गते ११:२१ मा प्रकाशित

काठमाण्डु, २० असोज – नेपाली सेनाले प्रधानसेनापति गौरवशम्शेर राणाले भारत भ्रमणका क्रममा चीन–भारत सम्बन्धबारे केही नबोलेको दाबी गरेको छ ।
Gauravसैनिक जनसम्पर्क निर्देशनालयले आइतबार विज्ञप्तिमार्फत प्रधानसेनापति राणाले कुनै पनि भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिएको दाबी गरेको हो । विज्ञप्तिमा राणाको अभिव्यक्ति भन्दै आएका समाचार तथ्यहीन र भ्रामक रहेको उल्लेख छ ।

साताव्यापी भारत भ्रमणका क्रममा चण्डीगढ पुगेका बेला राणाले चिनिया“ पक्षबाट हुने कुनै पनि आक्रमणको प्रतिकार गर्न भारत सक्षम रहेको विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यसबारे भारतीय पत्रिका टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले समाचार प्रकाशित गरेको थियो ।

उक्त समाचारलाई उद्धृत गर्दै नेपाली सञ्चार माध्यमले पनि त्यसम्बन्धी समाचार प्रकाशन÷प्रसारण गरेका थिए । ‘विगत केही दिनयता केही सञ्चार माध्यमहरुमा प्रधानसेनापति श्री राणाले नेपाल र छिमेकी मुलुकहरुको सुरक्षा र सो सँग सम्बन्धित विषयवस्तुहरुमा टिकाटिप्पणी गर्दै अन्तर्वार्ता दिएको भन्ने समाचार तथ्यहीन र भ्रामक भएको नेपाली सेना स्पष्ट पार्न चाहन्छ’, विज्ञप्तिमा भनिएको छ ‘सप्ताहव्यापी उक्त भ्रमणका दौरान प्रधानसेनापति श्री राणाले सञ्चार जगतलाई कुनै किसिमको औपचारिक अन्तर्वार्ता नदिएको हुँदा उक्त टिकाटिप्पणी आफैंमा अप्रासङगिक तवरले संप्रेÈण्ँ गरेको देखिन्छ ।’

राणाको अभिव्यक्तिको नेपाल र भारत दुवैतिर चर्को आलोचना भएपछि सेनाले विज्ञप्ति जारी गर्नुपरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us