पाँच जनाको उम्मेदवारी रद्द

काठमाण्डु टुडे २०७० असोज २० गते १५:५२ मा प्रकाशित

काठमाण्डु– निर्वाचन आयोगले उमेर नपुगेको र पार्टीको आधिकारिक पत्र नभएको भन्दै आसन्न संविधानसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पाँच जना उम्मेदवारको उम्मेदवारी रद्द गरेको छ ।
election_commission प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ५ जनाको उम्मेदवारी रद्ध गरिएको हो । उम्मेदवारी रद्ध हुनेमध्ये २ जना उम्मेदवारको, एकजना प्रस्तावकको उमेर नपुगेको र दुई जनाको पार्टीको आधिकारिक पत्र नमिलेको पाइएको छ ।

पर्सा–३ का स्वतन्त्र उम्मेदवार आलोककुमार चौरसियाको उमेर नपेगेको, पर्सा–३ कै सदभावना पार्टीका उम्मेदवार सत्यनारायण प्रसादको पार्टीको आधिकारिक पत्र नभएको, नुवाकोट–२ एमाले उम्मेदवार बद्री मैनालीको पनि पार्टीको आधिकारिक मनोनयन पत्र नमिलेकाले उम्मेदवारी रद्ध गरिएको निर्वाचन आयोगका प्रवक्ता वीर बहादुर राईले जानकारी दिए ।

त्यस्तै धादिङ–२ बाट उम्मेदवार बनेका सुदन खाँडको उमेर नपुगेको र कैलाली–४ बाट उम्मेदवार बनेका डिल्लीबहादुर विष्टका समर्थकको उमेर नपुगेकाले उनीहरुको पनि उम्मेदवारी रद्ध गरिएको प्रवक्ता राईले बताए ।

उम्मेदवारहरुको उजुरी र अन्य कागजातको छानबिन गरी सोमबार नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । असोज १७ गते मनोनयन दर्ता भएका नाममा परेको उजुरी र अन्य कागजातको छानबिन गरी नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । कार्यतालिका अनुसार २३ गते अन्तिम नामावली प्रकाशन गरी २४ गते उनीहरुलाई चुनाव चिन्ह प्रदान गरिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us