राजनीति

‘एकाध हिंसाका घटनाबाट निर्वाचनलाई असर पर्दैन’

२०७० असोज २० गते ९:१६

   विराटनगर, २० असोज–नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले मुलुकमा एक दुई हिंसाका घटना हुँदैमा संविधानसभाको निर्वाचनलाई त्यति असर नपर्ने बताएका छन । अध्यक्ष खनालले मुलुकको परिवर्तनका लागि निर्वाचन हुनैपर्ने भन्दै सञ्चारकर्मीसँगको भेटमा खनालले दल एवम् जनता बलिदान दिन तयार रहेको बताए । बारामा एमाले...

चुनाव पूर्णरुपमा सफल हुँदैन : नेम्वाङ

२०७० असोज २० गते ८:०९

इलाम, २० असोज–नेकपा एमाले नेता सुभाष नेम्वाङले नेकपा–माओवादी सहितका दललाई बाहिर राखेर गरिने संविधानसभा निर्वाचन सफल नहुने बताएका छन् । राष्ट्रिय सहमतिकोलागि मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधिश पदबाट राजिनामा दिनुपर्ने पनि उनले जोड दिए । इलाममा आइतबार भएको कार्यक्रममा उनले संविधानसभा चुनावलाई सफल बनाउन...

राष्ट्रिय झण्डा परिवर्तनको प्रस्तावले राष्ट्रियता कमजोर : सिंह

२०७० असोज २० गते ६:३२

काठमाण्डु, २० असोज । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले राष्ट्रिय झण्डा परिवर्तन गर्ने प्रस्ताव पछि मुलुकको राष्ट्रियता कमजोर भएको बताएका छन् । काठमाण्डुको क्षेत्र नम्वर एकमा आइतबार भएको कार्यक्रममा महामन्त्री सिंहले राष्ट्रिय झण्डा परिवर्तन गर्न प्रस्ताव भएपछि राष्ट्रियतामा समस्या आएको बताए । ‘राष्ट्रिय झण्डा...

शरणार्थी समस्या सुल्झाउन त्रिपक्षीय पहल गर्न माग

२०७० असोज २० गते ६:३०

झापा, २० असोज–नेपालमा बस्दै आएका भुटानी शरणार्थीहरुले भुटानको नवनिर्वाचित सरकारसँग त्रिपक्षीय कुटनीतिक पहल गरी शरणार्थी समस्या सुल्झाउन नेपाल सरकारलाई आग्रह गरेका छन् । भुटानी शरणार्थी स्वदेश फिर्ती ज्येष्ठ नागरिक समितिले आइतबार मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई पत्र पठाई सो माग गरेको हो । पत्रमा स्वदेश...

जिफन्ट काठमाण्डुमा चौलागाईं

२०७० असोज २० गते ६:२७

काठमाण्डु, २० असोज–नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) काठमाण्डु जिल्लाको अध्यक्षमा अर्जुन चौलागाईं निर्वाचित भएका छन् । जिल्लाको दोस्रो अधिवेशनले चौलागाईं नेतृत्वको नयाँ कार्यसमिति तीन वर्षका लागि चयन गरेको हो । उपाध्यक्षमा धनेन्द्र महत, सचिव राजकुमार रिमाल, सह–सचिव नन्दकुमारी ढकाल रहेका छन् । त्यस्तै सदस्यमा...

एक महिनादेखि अवरुद्ध टेलिफोन सेवा सुचारु

२०७० असोज २० गते ५:१३

दार्चुला, २० असोज । दार्चुला तथा बैतडीको मल्लदेही आसपासका क्षेत्रमा एक महिनादेखी अवरुद्ध सिडिएमए टेलिफोन सेवा शुरु भएको छ । दार्चुलाको सिप्टी गाविसमा रहेको स्काई टेलिफोनको टावरमा अज्ञात समूहले क्षति पु¥याउँदा एक महिनादेखि सो क्षेत्रमा टेलिफोन अवरुद्ध भएको थियो । सिडिएमए फोन सञ्चालन नहुँदा...

नगद लुटपाट गर्ने पक्राउ

२०७० असोज २० गते ४:०१

भद्रपुर, २० असोज । झापाको विर्तामोडस्थित मनिट्रान्सफरबाट रकम झिकेका एक व्यक्तिको नगद खोसेर फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही सुरु गरेको छ । झापाको डाँगीबारी–७ बस्ने अर्जुन तामाङलाई पक्राउ गरी कारबाही सुरु गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । इलामको दानाबारी–१ बस्ने...

‘हामीले आँसु झारेपछि कार्यक्रम सफल हुन्छ’

२०७० असोज २० गते ४:००

बाँके, २० असोज । द्वन्द्वपीडितलाई न्याय दिलाउन सहयोग पुर्‍याउने उद्देश्य राखी आयोजना गरिने गोष्ठी, अन्तक्र्रियालगायतका औपचारिक कार्यक्रम द्वन्द्वपीडितका लागि नै थप पीडादायक बन्न पुगेको छ । बाँकेका सरकारी तथा गैरसरकारी निकायले पटक—पटक आयोजना गर्ने कार्यक्रममा सहभागी बनाइएका बेपत्ता परिवारका सदस्य तथा द्वन्द्वपीडित यस्तै पीडाबाट...

आलमको स्वास्थ्य सुधार हुने सम्भावना निकै कम : चिकित्सक

२०७० असोज २० गते २:४९

काठमाण्डु, २० असोज– बारा क्षेत्रनम्बर ४ का एमाले उम्मेदवार मोहमुद आलम माथि गोली हानिएको घटनाबारे सरकारले आइतबारबाट अनुसन्धान शुरु गरेको छ । समितिले एकसाता भित्र सरकारलाई अनुसन्धान प्रतिवेदन बुझाउनु पर्नेछ । घटनाबारे अनुसन्धान गर्न सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक दीनकर शमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय...

निर्वाचन आयोगले उजुरी छानविन गर्दै

२०७० असोज २० गते २:४७

काठमाण्डु, २० असोज–निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवार विरुद्ध परेका उजुरीमाथि छानविन शुरु गर्दैछ । उम्मेदवारहरुले पेश गरेका कागज पत्र मिले नमिलेको देखि उनीहरुको पृष्ठभूमिको छानविन गर्ने र उनीहरु माथि उजुरी परे नपरेको पनि अध्ययन गरी जाँचबुझ गरेर निर्णय गरिने निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी...

नवरात्रीको दोस्रो दिन ब्रम्हचारीणीको पूजा गरिदै

२०७० असोज २० गते २:०४

काठमाण्डु, २० असोज – हिन्दू नेपालीहरुको महान चाड बडादसैंको दोस्रो दिन आइतबार ब्रम्हचारीणीको पूजा आराधना गरिदैछ । नवरात्रीका नौं दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न नौं रुपलाई पूजा गर्ने परम्परा अनुसार ब्रम्हचारीणीको पूजा गर्न देशभरका शक्तिपीठ र दसैंघरहरुमा घुइँचो लागेको छ । शनिबार आश्विन शुक्ल प्रतिपदाको...

बाहुन र दलितको जमरा एकै ठाउँमा

२०७० असोज १९ गते १७:३६

त्रिशूली(नुवाकोट), १९ असोज–कथित माथिल्लो र तल्लो जातबीचको विभेद्लाई चुनौती दिंदै नुवाकोटको बेलकोटमा बाहुन र दलितले सामूहिक रूपमा जमरा राखेर जातीय सद्भाव र सांस्कृतिक एकताको नमुना देखाएका छन् । यस वर्षको दशैँको घटस्थापनाका दिन शनिवार बेलकोट गाविस–३ मा रहेको निरञ्जना भगवती मन्दिरमा ब्राम्हण, क्षेत्री र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us