
काठमाण्डू, १५ असार– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाका सदस्य डा. प्रकाशशरण महतले राष्ट्रपति भइसकेका व्याक्ति पुनः राजनीतिमा सक्रिय हुने कुरा उपयुक्त नभएको प्रतिक्रिया दिएका छन ।
आज (आइतबार) पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा शनिबार गरेकी थिइन । डा. महतले कांग्रेसले राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय राजनीतिमा नल्याउने बताए ।
कांग्रेस पार्टीका प्रवक्ता समेत रहेका डा. महतले राष्ट्रपति भइसकेको व्यक्ति पार्टीभन्दा माथि हुने भएकोले पुनः राजनीतिमा सक्रिय हुनेकुरा राम्रो नहुने बताएका हुन् ।