निर्वाचन आयोगले उजुरी छानविन गर्दै

काठमाण्डु टुडे २०७० असोज २० गते २:४७ मा प्रकाशित

nirbachan-aayogकाठमाण्डु, २० असोज–निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवार विरुद्ध परेका उजुरीमाथि छानविन शुरु गर्दैछ । उम्मेदवारहरुले पेश गरेका कागज पत्र मिले नमिलेको देखि उनीहरुको पृष्ठभूमिको छानविन गर्ने र उनीहरु माथि उजुरी परे नपरेको पनि अध्ययन गरी जाँचबुझ गरेर निर्णय गरिने निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए ।

शुक्रबार मनोनयन दर्ता गरेका उम्मेदवारहरुविरुद्ध परेका उजुरी उजुरी प्रमाणित भए आयोगले उम्मेदवारी रद्ध गर्न सक्ने छ । सबैजसो जिल्लाका अधिकांश उम्मेदवारविरुद्ध उजुरी परेको बताइएको छ । उजुरी छानविन सकेर प्रत्यक्ष तर्फका उम्मेदवारहरुको नामावली सोमबार प्रकाशित गर्ने आयोगको कार्यसूचीमा उल्लेख छ । २२ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी २४ गते उनीहरुलाई चुनाव चिन्ह प्रदान गरिनेछ ।

निर्वाचन सामाग्री पुर्याउने काम जारी

यसैबीच निर्वाचन आयोगले ५५ वटा जिल्लामा निर्वाचन सामाग्री पुर्‍याई सकेको जनाएको छ । हिमाली र पहाडी सबै जिल्लाहरुमा पहिलो चरणमै पर्चा, पम्प्लेट, निर्वाचन शिक्षासँग सम्बन्धित सामाग्री पुर्‍याइसकेको र बाँकी सुगम जिल्लाहरुमा पनि सामाग्री पुर्‍याउने काम भइरहेको आयोगको निर्वाचन शिक्षा तथा सूचना केन्द्रका निर्देशक कोमल धमलाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us