
काठमाण्डु, २० असोज । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले राष्ट्रिय झण्डा परिवर्तन गर्ने प्रस्ताव पछि मुलुकको राष्ट्रियता कमजोर भएको बताएका छन् । काठमाण्डुको क्षेत्र नम्वर एकमा आइतबार भएको कार्यक्रममा महामन्त्री सिंहले राष्ट्रिय झण्डा परिवर्तन गर्न प्रस्ताव भएपछि राष्ट्रियतामा समस्या आएको बताए । ‘राष्ट्रिय झण्डा परिवर्तन गर्न कही साना दलले प्रस्ताव गर्नु उचित थिएन,’ उनले भने, ‘अघिल्लो संविधानसभामा राष्ट्रिय झण्डा परिवर्तन गर्ने प्रस्ताव आएपछि राष्ट्रियतामा केही आ“च पुगेको छ ।’
राष्ट्रिय झण्डा परिवर्तनमा आएको प्रस्ताव र ती दलहरुस“ग आफू खुसी नरहेको महामन्त्री सिंह भनाई थियो । उनले राष्ट्रिय झण्डालाई चलाउन नहुने आसय पनि व्यक्त गरे ।
त्यसैगरी सिंहले आगामी चुनावलाई तोकिएको समयमा सम्पन्न गर्ने दायित्व सबैको रहेको उल्लेख गरे । ‘मंसिर–४ को चुनावले मुलुकको भविष्य बनाउने छ,’ उनले भने, ‘चुनावले नै राजनीतिक निकास पनि दिने छ ।’
आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्नु पर्ने उनको भनाई छ । कांग्रेसले मात्रै मुलुकलाई लोकतान्त्रिक संविधान दिन सक्ने सिंहको दाबी छ ।