राजनीति

लामखुट्टे खोज्न सरकारी टोली घरघरमा

२०७० असोज १८ गते ४:५६

चितवन, १८ असोज–दुई महिनाको अन्तरालमा २७ जनामा डेङ्गुको सङ्क्रमण देखिएपछि चितवनमा घरघरमै पुगेर डेङ्गु सार्ने लामखुट्टे मार्ने अभियान थालिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेर डेङ्गु सार्ने लामखुट्टे र त्यसको लार्भा एवम् प्युपा नष्ट गर्न थालेको हो...

चुनाव सफल पार्न प्रहरीद्वारा मातहतका निकायलाई निर्देशन

२०७० असोज १८ गते ४:२७

काठमाण्डु, १८ असोज – नेपाल प्रहरीले संविधानसभा निर्वाचनलाई सफल पार्न मातहतका सबै निकाय र कर्मचारीहरुलाई निर्देशन दिएको छ । ५८ औं प्रहरी दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिदै प्रहरी महानिरीक्षक कुवेर सिंह रानाले यस्तो निर्देशन दिएका हुन् । ‘संविधानसभाको आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन...

दोस्रो दिन पनि पूर्वका नौं जिल्ला बन्द

२०७० असोज १८ गते ४:१५

झापा, १८ असोज– कार्यकर्ता पक्राउको विरोधमा कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान राज्य परिषदले शुक्रबार पूर्वका ९ जिल्ला बन्द आह्वान गरेको छ । बन्दका कारण यातायातका साधन कम चलेका छन् । चुनावको विरोधमा विहीबार आह्वान गरेको बन्दका क्रममा लिम्बुवानका १८ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो...

पन्ध्र गाविस सञ्चारसेवाबाट वञ्चित

२०७० असोज १८ गते ३:११

जाजरकोट, १८ असोज – जाजरकोटको पश्चिम क्षेत्रका १५ वटा गाउँ विकास समितिमा तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । चट्याङ लागेर टावरमा क्षति पुगेपछि टेलिफोन सेवा अवरुद्ध भएको हो । ती गाविसलाई लक्षित गरी मजकोट–६ मा बनाइएको एक मात्र स्काई फोनको टावर बिग्रिएको...

आज विश्व पशुपंक्षी दिवस

२०७० असोज १८ गते २:५९

काठमाण्डु, १८ असोज – विश्व पशुपंक्षी दिवस नेपालमा पनि शुक्रबार बिभिन्न कार्यक्रम गरी मनाईंदै छ । ‘पशुपंक्षी प्रति गरिने सदव्यवहार सभ्य नागरिकको आधार’ भन्ने नारा सहित दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा पशुपंक्षीको अधिकारको लागि कृयाशील बिभिन्न संघसंस्थाले कार्यक्रम गरेका छन् । पशु...

भ्यानबाट खसेर सहचालकको मृत्यु

२०७० असोज १८ गते २:५८

काठमाण्डु, १८ असोज – मोरङको पथरीमा पिकअप भ्यानबाट खस्दा एकजनाको मृत्यु भएको छ । को १ च ६०७६ नम्बरको भ्यानबाट खसेर सोही भ्यानका सहचालक स्थानीय १८ वर्षीय सविन्द्र राईको मृत्यु भएको हो । गम्भिर घाईते राईको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको...

यस्तो देखियो उम्मेदवारी दर्ताको दृश्य

२०७० असोज १७ गते १२:२१

काठमाण्डु, १७ असोज– आगामी ४ मंसिरमा हुने दोस्रो संविधानसभा निर्वाचनका लागि निर्वाचन आयोगको कार्यतालिकाअनुसार दलहरुले प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन पत्र दर्ता गराएका छन् । दलका उम्मेदवारहरु मतदाता नामावली दर्ताका लागि समर्थकहरुको दलबलसहित तोकिएको निर्वाचन कार्यालय पुगेका थिए । कसैले बाजागाजा समेत बजाएका थिए । कतिपय...

शीर्ष नेता कसले कहाँबाट दिए उम्मेदवारी ?

२०७० असोज १७ गते ११:४५

काठमाण्डु , १७ असोज– आगामी मंसिर ४ गते हुने संविधानसभाको दोस्रो निर्वाचनका लागि देशका २ सय ४० वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भएको छ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाण्डु–१० र सिरहा–५ बाट उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँको बानेश्वरस्थित...

निर्वाचनमा उत्साहजनक सहभागिता जनाउन प्रचण्डको अपिल

२०७० असोज १७ गते ११:४१

काठमाण्डु, १७ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमनेपालीलाई उत्साहजनक ढंगले दोस्रो संविधानसभा निर्वाचनमा सहभागी हुन अपिल गरेका छन् । काठमाण्डु १०–का लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा नेपाली जनताको चाहजानअुसारको संविधान दिन नसकेकामा दुःख र पुनः अर्को निर्वाचन...

एमाओवादी,काँगेस र एमालेका असन्तुष्टबाट बागी उम्मेदवारी

२०७० असोज १७ गते ११:४०

काठमाण्डु, १७ असोज– प्रत्यक्ष निर्वाचनमा टिकट नपाएका कारण असन्तुष्ट भएकाहरुले विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता गराउन थालेका छन् । काँग्रेस सभापतिविरुद्ध बागी नेपाली काँग्रेसका सभापति सुशील कोइरालाविरुद्ध चितवनमा बागी उम्मेदवारी दर्ता भएको छ । काँग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाले सुशीलविरुद्ध क्षेत्र नम्बर–३ मा बागी...

दुई माओवादीको झडपमा दर्जन घाइते

२०७० असोज १७ गते ९:०३

सल्यान, १७ असोज–एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीबीच बिहिवार दिउँसो खलङ्गाको पुरानो बसपार्कमा झडप भएको छ । झडपमा परी दुवै पक्षका गरी एक दर्जन घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घाइतेमध्ये सल्यान–रुकुम यातायातका अध्यक्ष रहेका एकीकृत नेकपा...

प्रधानसेनापति राणाको अमेरिका भ्रमण स्वीकृत

२०७० असोज १७ गते ८:०३

काठमाण्डु १७ असोज–प्रधानसेनापति गौरवशम्शेर राणा कात्तिक ४ देखि ७ गतेसम्म संयुक्त राज्य अमेरिका जाने भएका छन । प्रधानसेनापति राणाको नेतृत्वमा कात्तिक ४ देखि ७ गतेसम्म संयुक्त राज्य अमेरिकाको होनोलोलुमा हुने १६ औं वार्षिक ‘चिफ अफ डिफेन्स’सम्बन्धी बैठकमा भाग लिने निर्णय बिहिवार मन्त्रिपरिषदले गरेको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us