काठमाण्डु, १७ असोज– एकीकृत नेकपा माओवादीले काठमाण्डु क्षेत्र नम्बर ८ मा उम्मेदवार परिवर्तन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लाजिम्पाटस्थित निवासमा जारी उम्मेदवार छनौट समितिसहित केन्द्रीय कार्यालय बैठकले उम्मेदवार परिवर्तन गरेको हो । लाजिम्पाट स्रोतका अनुसार काठमाण्डु ८ मा रुपा महर्जनलाई उम्मेदवार बनाइको...
काठमाण्डु, १६ असोज– तल्लो कमिटिको सिफारिस लत्याउँदै शीर्ष नेतृत्वले मनपरी ढंगले संविधानसभा निर्वाचनका उम्मेदवार सिफारिस गरेको भन्दै एमाले बाँकेमा चर्को विवाद भएको छ । क्षेत्रीय समितिले गरेको सिफारिसविपरीत शीर्ष नतृत्वले अर्कैलाई टिकट दिएको भन्दै कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । आक्रोशित कार्यकर्ताको...
काठमाण्डु, १६ असोज–आगामी चुनावमा उम्मेदवारहरुलाई टिकट बाँड्न शुरु भएसँगै मुख्य दलहरुभित्र असन्तुष्टि बढेको छ । एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेभित्र असन्तुष्टि बढेको हो । पार्टीले टिकट नदिएको भन्दै कतिपयले वागी उम्मेदवार घोषणा समेत गरिसकेका छन् । रसुवामा एकीकृत नेकपा माओवादी जिल्ला...
रुकुम, १६ असोज–आसन्न संविधानसभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ मा एकै घरका दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ । नेकपा एमालेबाट चुनावी मैदानमा उत्रिएका ठगेन्द्रप्रकाश पुरी र राष्ट्रिय जनमोर्चाबाट प्रत्यक्षमा टिकट पाएकी विष्णु ओली पुरीबीच प्रतिस्पर्धा हुने पक्का भएको हो । बाँफीकोट–६ काडा स्थायी घर...
काठमाण्डु, १६ असोज–बाधा अड्काउ फुकाउ आदेश तथा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीबिरुद्ध दायर सातवटा रिट निवेदनमा सर्वोच्च अदालतमा प्रारम्भ भएको सुनुवाइ दशैँपछि मात्र हुने भएको छ । यही असोज ३ गते प्रारम्भ भएको बहसमा रिट निवेदक तथा सरकारी पक्षका कानुन व्यवसायीको बहस बाँकी भएकाले दशैँपछि...
काठमाण्डु, १६ असोज–एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ मकवानपुर क्षेत्र नं. २ बाट चुनाव लड्ने निश्चित भएको छ । यसअघि अध्यक्ष प्रचण्डसहित शीर्ष तहका नेताहरुको निर्वाचन क्षेत्र तोकिए पनि श्रेष्ठको टुंगो लागेको थिएन । वुधबार बसेको कार्यालय र उम्मेदवार छनौट समितिको बैठकले ताम्सालिङ क्षेत्रका...
चितवन, १६ असोज–गैंडाको आक्रमणबाट पूर्वी चितवनको कुमरोजमा मङ्गलबार साँझ तीनजना गम्भीर घाइते भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको बूढी राप्ती मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद भुसालले दिएको जानकारीअनुसार कुमरोज–९ घोक्रेलाका मायासिंह दराई, कमली दराई र सुकमाया दराई गैंडाको आक्रमणमा परेर घाइते भएका हुन् ।...
म्याग्दी, १६ असोज–म्याग्दीका सबै माध्यमिक र उच्चमाध्यमिक तहका सामुदायिक विद्यालयमा आधुनिक सूचना तथा सञ्चार प्रविधिको पहुँच पुर्याइने भएको छ । सूचना तथा सञ्चार प्रविधिलाई शिक्षण सिकाइ क्रियाकलापमा अधिकतम उपयोग गर्नका लागि जिल्लाका सबै सामुदायिक मावि र उमावि तहमा यस्को पहुँच पुर्याउन लागिएको जिल्ला शिक्षा...
काठमाण्डु १५ असोज–मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मङ्सिर ४ गतेका लागि तोकिएको संविधानसभाको निर्वाचनलाई अब कसैले छेकेर नछेकिने र रोकेर नरोकिने अवस्थामा पुगिसकेको बताएका छन । संयुक्त राष्ट्रसंघको ६८ औँ महासभामा सहभागी भई मंगलवार स्वदेश फर्केपछि अध्यक्ष रेग्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकारसम्मेलनमा निर्वाचन हुनेमा...
काठमाण्डु, १५ असोज–नेपाली काँग्रेसले आगामी संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारको नामावली दुई स्थानमा बाहेक टुंग्याएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलवार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कृष्णप्रसाद सिटौलाले २४० निर्वाचन क्षेत्रमध्ये तनहुँ–१ र स्याङ्जा–१ बाहेक अरु सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको जानकारी दिए ।...
काठमाण्डु, १५ असोज – नेकपा एमालेले आसन्न संविधानसभा निर्वाचनका लागि देशभरका २ सय ३८ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको टुंगो लगाएको छ । एक साताभन्दा लामो स्थायी कमिटी बैठकले रौतहट क्षेत्रनम्बर ३ र भक्तपुर क्षेत्र नम्बर १ बाहेक सबै जिल्लाका प्रत्येक्ष तर्फका उम्मेदवार टुंगो लगाएको हो...
ललितपुर, १५ असोज–पूर्वयुवराज्ञी हिमानी शाहले आफ्नो ३८ औं जन्मदिनको अवसरमा ललितपुरको हात्तीवनमा स्थानीय नवकिरण अनाथ तथा असाहय बाल उत्थान समाजद्वारा सञ्चालित अनाथालयका बालबालिकालाई खाद्यान्न तथा लत्ता–कपडा वितरण गरेकी छिन् । अनाथालयमा पुगेर नौ क्वीण्टल चामल, एक क्वीण्टल २० केजी दाल, ९० केजी गेडागुडी, ३०...