काठमाण्डु, १५ असोज–नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले काँग्रेसमा उम्मेदवार छनौटमा पैसाको चलखेल भएको भन्दै भण्डाफोर गर्ने चेतावनी दिएकी छन् । मंगलबार मण्डिखाटारस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी कोइरालाले उम्मेदवार छनौट समितिले पैसा लिएर उम्मेदवार छान्ने गरेको आरोप लगाएकी हुन् । उम्मेदवार छनौट समितिको सदस्य...
काठमाडौँ, १५ असोज–घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सबै तहका न्यायालय बन्द रहने भएकाले सो अवधिभर बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइका लागि भने अदालत खुल्ला हुने भएको छ । सो अवधिभर बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इजलास खुल्ला रहने र दिउँसो १ बजेसम्म आएका रिट निवेदन दर्ता गर्ने...
भक्तपुर, १५ असोज– एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले आउादो मङ्सिर ४ गते हुने संविधानसभाको निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा लिन नहुने बताएका छन् । प्रेस चौतारी नेपाल भक्तपुर शाखाले मंगलबार गरेको ‘संविधानसभा निर्वाचन सङ्घीयता र समृद्ध नेपाल’ विषयक अन्तरक्रिया कार्यक्रममा उहााले संविधान बनाउनका लागि...
चितवन, १५ असोज– काँग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर–४ मा उम्मेदवार परिवर्तन गरेको छ । काँग्रेस संसदीय समितिको सोमबारको बैठकले चितवन क्षेत्र नम्बर–३ बाट पूर्वसभापति विकास कोइरालाको नाममा टुंगो लगाएको थियो । तर मंगलबार भीमबहादुर श्रेष्ठलाई उम्मेदवार बनाउने कुरा बाहिर आएको छ । उम्मेदवार टुंगिएको...
काठमाण्डु, १५ असोज–नेपालमा अहिले मलेसिया, बर्मा लगायत देशबाट बार्षिक १५ अर्ब रुपैयाँका काठ भित्रिईरहेका छन् । नेपालले निर्यात गर्नसक्ने अवस्था भएपनि व्यवसायीसँग सरकारी अधिकारी मिलेका कारण नेपाली काठ जंगलमै कुहिने र जल्ने गरेका छन् । वन व्यवस्थापन र संरक्षणका लागि जम्मा भएको कोषको रकम...
बागलुङ, १५ असोज–ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ । सिकार खेल्न आउने विदेशी ढोरपाटन क्षेत्र पुग्ने क्रम पनि सुरु भएको छ । विभिन्न देशका गरी नौ तालिमप्राप्त सिकारीले यस वर्ष सिकार आरक्षमा सिकार खेल्ने आरक्ष कार्यालयले जनाएको छ ।...
ललितपुर १५ असोज–राष्ट्रिय मानव अधिकार आयोगले आसन्न संविधानसभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन अघि, निर्वाचनको समय र निर्वाचनपछि हुनसक्ने मानव अधिकार हननका घटनाहरूबारे अनुगमन गर्ने भएको छ । यही प्रयोजनका लागि आयोगको केन्द्रीय, क्षेत्रीय र उपक्षेत्रीय कार्यालयका अधिकृतहरू मंगलवारदेखि सम्बन्धित कार्यक्षेत्रमा खटिएका छन् । अनुगमनका...
काठमाण्डु, १५ असोज–नेपाली काँग्रेस मोरङका जिल्ला सचिव बाबुराज ओझा मंगलबार एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । उनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाजिम्पाटस्थित निवासमा पार्टी प्रवेश गराए । कार्यक्रममा ओझा सहितका नेता कार्यकर्ता एकीकृत माओवादीमा प्रवेश गरेका छन् ।...
दमौली, १५ असोज –तनहुँको क्यामिन–१ कलेस्तीस्थित दोभान इङ्लिस बोर्डिङ स्कुलले शिक्षिकाबाट यातना दिइएकी सोही विद्यालयकी कक्षा ४ की १० वर्षीया छात्रा अस्मिता थापा मगरलाई निःशुल्क पढाइदिने भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश अधिकारीको अध्यक्षतामा विद्यालयमा बसेको बैठकले पीडितको मागलाई सम्बोधन गर्दै त्यस्तो...
काठमाण्डु, १५ असोज – संविधानसभा निर्वाचनका लागि उम्मेदवार चयनको म्याराथन बैठकमा जुटेको नेपाली काँग्रेस भित्र तिव्र विवाद भएको छ । पार्टीका प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार छनोटको लागि संसदीय समितिको बैठक केहीदिनदेखि निरन्तर चलिरहे पनि उम्मेदवार छनोटको टुङ्गो लागिसकेको छैन । यद्यपी काँग्रेसले मंगलबारको संसदीय...
काठमाण्डु, १५ असोज । एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनकालागि प्रत्यक्ष तर्फको उम्मेदवार छनौटको गृहकार्य जारी राखेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा जारी उम्मेदवार छनौट समितिको बैठकले मंगलबार सबै क्षेत्रका उम्मेदवार टुंगो लगाउने बताइएको छ । आइतबार अध्यक्ष प्रचण्ड सहित ३७...
काठमाण्डु, १५ असोज – मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्रसंघको ६८ औँ महासभामा भाग लिएर मङ्गलबार बेलुका स्वदेश फर्कँदै छन् । सोमबार बिहान अमेरिकाको न्युयोर्कबाट इत्तेहाद एयरबाट स्वदेशका लागि प्रस्थान गरिसकेका अध्यक्ष रेग्मी मंगलबार बेलुका काठमाण्डु आइपुग्ने अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेले जानकारी...