काँग्रेसका जिल्ला सचिव एमाओवादीमा

काठमाण्डु टुडे २०७० असोज १५ गते ४:५९ मा प्रकाशित

काठमाण्डु, १५ असोज–नेपाली काँग्रेस मोरङका जिल्ला सचिव बाबुराज ओझा मंगलबार एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । उनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाजिम्पाटस्थित निवासमा पार्टी प्रवेश गराए ।

कार्यक्रममा ओझा सहितका नेता कार्यकर्ता एकीकृत माओवादीमा प्रवेश गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us