

काठमाण्डु, १५ असोज – मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्रसंघको ६८ औँ महासभामा भाग लिएर मङ्गलबार बेलुका स्वदेश फर्कँदै छन् । सोमबार बिहान अमेरिकाको न्युयोर्कबाट इत्तेहाद एयरबाट स्वदेशका लागि प्रस्थान गरिसकेका अध्यक्ष रेग्मी मंगलबार बेलुका काठमाण्डु आइपुग्ने अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।
‘सन् २०१५ पछिका विकासका विषय र तिनको कार्यान्वयन सम्भावना’ शीर्षकमा यही असोज १ गतेदेखि शुरु भएको महासभालाई अध्यक्ष रेग्मीले यही असोज १२ गते सम्बोधन गरेका थिए ।
अध्यक्ष रेग्मी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज १० गते अमेरिका प्रस्थान गरेका थियो । महासभामा भाग लिने क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुन र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए भने नेपाली समुदायसँगको अन्तक्र्रिया कार्यक्रममा पनि सहभागी भएका थिए ।