उम्मेदवार फेरिएपछि काँग्रेस चितवनमा लफडा

काठमाण्डु टुडे २०७० असोज १५ गते ११:३१ मा प्रकाशित

चितवन, १५ असोज– काँग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर–४ मा उम्मेदवार परिवर्तन गरेको छ ।
NC-Flagकाँग्रेस संसदीय समितिको सोमबारको बैठकले चितवन क्षेत्र नम्बर–३ बाट पूर्वसभापति विकास कोइरालाको नाममा टुंगो लगाएको थियो । तर मंगलबार भीमबहादुर श्रेष्ठलाई उम्मेदवार बनाउने कुरा बाहिर आएको छ । उम्मेदवार टुंगिएको खबरसँगै कोइराला समर्थकले चुनावी अभियान थालिसेकका थिए । उम्मेदवार फेरिएको चर्चापछि काँग्रेस जिल्ला कार्यालयमा कार्यकर्ताको भीड लागेको छ । कोइराला समर्थक आक्रोशित बनेपछि कार्यालय सुरक्षार्थ प्रहरी खटाइएको छ । क्षेत्रीय समितिले कोइरालाको नाम उम्मेदवारमा सिफारिस गरेको थियो । तर सिफारिसमै नपरेका व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै
काँग्रेसले काठमाण्डुमा टुंग्यायो
यसैबीच काँग्रेसले काठमाण्डुका १० वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाएको छ । काँग्रेसले काठमाण्डु–१ बाट महामन्त्री प्रकाशमानसिं, २ बाट प्रतिमा गौतम, ३ बाट चक्र ठकुरी, ४ बाट गगन थापा, ५ बाट नरहरि आचार्य, ६ भीमसेनदास प्रधान, ७ बाट प्रमिलासिंह डंगोल, ८ बाट नवीन्द्रराज जोशी, ९ बाट गोविन्द रञ्जित र १० बाट राजन केसीलाई उम्मेदवार बनाउने पक्का भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us