काठमाण्डु, १४ असोज– समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन आयोगको कार्यालयमा सोमबार पहिलो चरणमा निवेदन दर्ता गराउँदैछन् । आयोगले निवेदन दर्ताका लागि सोमबार बिहान कार्यालय समय सुरु भएदेखि कार्यालय समय अन्त नहुँदासम्मको लागि समयावधि तोकेको छ । निवेदन नदिने दलले समानुपातिक...
स्याङ्जा, १४ असोज– जिल्ला अदालत स्याङ्जाबाट साढे दुई वर्षअघि भ्रष्टाचारी ठहर जिल्ला मालपोत कार्यालय स्याङ्जाका तत्कालीन खरिदार ध्रुवराज ढुङ्गानालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ परेका ढुङ्गानालाई जेल चलान गरिएको प्रंहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिबहादुर बरुवालका अनुसार...
काठमाण्डु, १४ असोज– पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको बेलबारीमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बेलबारी ९ मा गएराती मे १ प ५५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रिक्सासँग ठोक्किदा मोटरसाइकल चालक झापा अनारमनीका ५८ बर्षीय ईन्द्रप्रसाद ढकालको मृत्यु भएको हो । दुर्घटनामा घाइते...
काठमाण्डु, १४ असोज– नेकपा एमालेका पूर्वसभासद विषमलाल अधिकारी (दनुवार) सोमबार एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार विहान भएको कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनी सहितका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् । अधिकारीले अघिल्लो संविधानसभा चुनावमा सिन्धुली क्षेत्रनम्बर १...
काठमाण्डु, १३ असोज – मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चाले उच्चस्तरीय राजनीकि समितिमा रहेका मुख्य चार दलसँग वार्ताका लागि अपिल गरेको छ । मोर्चाका तर्फबाट आइतबार साँझ विज्ञप्ति जारी गर्दै माओवादी सचिव देव गुरुङले मुलुकलाई सम्भावित द्वन्द्वको खतराबाट जोगाउन चार दललाई वार्तामा...
काठमाण्डु, १३ असोज – एकीकृत नेकपा माओवादीले शीर्ष नेतासहित हमाली र उच्च पहाडी जिल्लाका उम्मेदवारको आइतबार टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा बसेको उम्मेदवार छनौट समिति र केन्द्रीय कार्यालयको संयुक्त बैठकले सेती–महाकाली, भेरी कर्णाली र हिमाली जिल्लाका उम्मेदवार तथा उनीहरुको...
धादिङ, १३ असोज–अज्ञात समूहले धादिङको म्यामरुङबाट एक शिक्षकको आइतबार साँझ अपहरण गरी २० लाख रुपैयाँभन्दा बढी रकम लुटेको छ । अचने उच्च मावि त्रिपुरेश्वरका प्रधानाध्यापक रवीदत्त सापकोटा सदरमुकाम धादिङबेसीबाट घर जाँदै गर्दा ज्यामरुङ गाविसको हनुमानस्थान भकारेबाट अपहरणमा परेका हुन् । शिक्षकहरुको चौमासिक तलब झिकेर...
काठमाण्डु, १३ असोज– एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई निर्वाचनमा ल्याउन आगामी ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन सार्नुपर्ने बताएका छन् । राजधानीमा आइतबार भएको कार्यक्रममा उनले ४ मंसिरको निर्वाचन पछि सारेको अवस्थामा वैद्य माओवादी निर्वाचनमा आउने दाबी गरे । वैद्य माओवादी...
धनुषा, १३ असोज – धनुषाको जनक हजारी सँस्कृत विद्यापीठका सहप्राध्यापक सत्य नारायण गडेरीको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आइतबार पत्रकार सम्मेलन गरी सार्बजनिक गर्ने प्रहरीले जनाएको छ ।...
विराटनगर, १३ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी पनि निर्वाचनमा सहभागी हुने दाबी गरेका छन् । पार्टी कामका सिलसिलामा पूर्वाञ्चल आएका उनले आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै वैद्य माओवादी ४ मंसिरकै निर्वाचनमा आउने दाबी गरेका हुन् ।...
काठमाण्डु, १३ असोज– नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि ५७ वर्षीय खतिवडालाई गएराति काठमाण्डुको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग प्रतिष्ठानमा भर्ना गरिएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार खतिवडाको मुटुमा पेसमेकर राख्ने तयारी भइरहेको...
जनकपुरधाम, १३ असोज – धनुषाका युवा कृष्णा कुमार मण्डलले रोबोट बनाएका छन् । दुई वर्षको प्रयासपछि बनाइएको रोबट जनकपुरमा प्रदर्शन गरिएको छ । जनकपुरस्थित धनुषा साइन्स क्याम्पस कक्षा १२ मा अध्ययनरत मण्डलले बनाएको रोबोटलाई ‘रुसी एस फोर के टुएल्भ’ नाम दिइएको छ । रोबट...