वैद्यलाई ल्याउन ४ मंसिरको चुनाव सार्नुपर्छः श्रेष्ठ

काठमाण्डु टुडे २०७० असोज १३ गते १२:१९ मा प्रकाशित

काठमाण्डु, १३ असोज– एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई narayan-kaji_20111226084444निर्वाचनमा ल्याउन आगामी ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन सार्नुपर्ने बताएका छन् ।
राजधानीमा आइतबार भएको कार्यक्रममा उनले ४ मंसिरको निर्वाचन पछि सारेको अवस्थामा वैद्य माओवादी निर्वाचनमा आउने दाबी गरे ।

वैद्य माओवादी सिद्धान्ततः निर्वाचनविरोधी रहेको भन्दै उनले समय अभावका कारण ४ मंसिरको निर्वाचनमा आउन नसक्ने उल्लेख गरे । ‘माओवादी होइन हामी नै भएको भए पनि अहिले सहमति गरेर मंसिर ४ को निर्वाचनमा जान सम्भव छैन’, उनले भने । सुरुमा १८ बुँदे माग अघि सारेको वैद्य माओवादी अन्य माग छाडेर मन्त्रिपरिषद् अध्यक्षको प्रधानन्यायाधीशबाट राजीनामा मात्र सीमित भएकाले मुख्य चार दल उसको माग पूरा गर्न तयार रहनुपर्ने श्रेष्ठको भनाइ छ । वैद्यलाई छाडेर निर्वाचनमा जानु गम्भीर राजनीतिक भुल हुने र त्यसले मुलुकको हित नगर्ने भनाइ उनको छ । उनले मुलुकमा थप द्वन्द्व निम्तन नदिन पनि वैद्यलाई निर्वाचनमा ल्याउनैपर्ने विचार व्यक्त गरे ।

रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउन नसके चार दलको नियमा जनताले आशंका गर्ने जिकिर श्रेष्ठले गरे । उनले नेपाली दलहरुसँग आत्मनिर्णयको क्षमता नरेहका कारण बाह्य शक्तिको दबाब अस्वीकार गर्न नसक्दा मुलुक संकटमा फसेको बताए ।

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले मंसिर ४ जन्म दिनजस्तो मिति नै परिवर्तन गर्न नसकिने मिति नभएकाले सहमति भए निर्वाचन पर सार्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।

उनले शंकाको सुविधासहित माओवादीसँग उच्चस्तरीय राजनीतिक समितिका तर्फबाट अन्तिमपटक वार्ता गरिनुपर्ने बताए । वैद्य माओवादीले प्रधानन्यायाधीशबाट खिलराज रेग्मीको राजीनामा आए निर्वाचनमा जाने औपचारिक निर्णय केन्द्रीय समितिबाटै गरेर आए निर्वाचन पर सार्दा कुनै फरक नपर्ने ज्ञवालीको दाबी छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us