एमाले पूर्वसभासद अधिकारी एमाओवादीमा

काठमाण्डु टुडे २०७० असोज १४ गते ३:१२ मा प्रकाशित

Bisham-Lal-Adhikari-Danuwar

काठमाण्डु, १४ असोज– नेकपा एमालेका पूर्वसभासद विषमलाल अधिकारी (दनुवार) सोमबार एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार विहान भएको कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनी सहितका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।

अधिकारीले अघिल्लो संविधानसभा चुनावमा सिन्धुली क्षेत्रनम्बर १ बाट प्रत्यक्षतर्फ चुनाव जितेका थिए । उनले शान्तिमान कार्कीलाई पराजित गरेका थिए । कार्की हाल वैद्य माओवादीमा छन् । एमाओवादीले यसपालीको चुनावमा अधिकारीलाई नै टिकट दिने स्रोतले जनाएको छ ।

अधिकारी एमाओवादीमा प्रवेश गरेपछि सिन्धुलीमा एमालेलाई धक्का लागेको जानकारहरु बताउँछन् । उनी एमालेका वैकल्पिक केन्द्रीय सदस्यसमेत हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us