
काठमाण्डु, १४ असोज– समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन आयोगको कार्यालयमा सोमबार पहिलो चरणमा निवेदन दर्ता गराउँदैछन् ।
आयोगले निवेदन दर्ताका लागि सोमबार बिहान कार्यालय समय सुरु भएदेखि कार्यालय समय अन्त नहुँदासम्मको लागि समयावधि तोकेको छ । निवेदन नदिने दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन पाउने छैनन् ।
यसैगरी आयोगले राजनीतिक दलबाट प्राप्त निवेदन छानबिन गरी यही असोज १५ गते नामावली प्रकाशन गर्नेछ । असोज १६ गते प्रकाशित सूचीमा नाम रहेका राजनीतिक दलले आफ्नो नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ । असोज १७ गते समानुपातिक उम्मेदवारका लागि निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।