धादिङमा शिक्षक अपहरण गरी २० लाख लुटपाट

काठमाण्डु टुडे २०७० असोज १३ गते १२:२१ मा प्रकाशित

धादिङ, १३ असोज–अज्ञात समूहले धादिङको म्यामरुङबाट एक शिक्षकको आइतबार साँझ अपहरण गरी २० लाख रुपैयाँभन्दा बढी रकम लुटेको छ ।
अचने उच्च मावि त्रिपुरेश्वरका प्रधानाध्यापक रवीदत्त सापकोटा सदरमुकाम धादिङबेसीबाट घर जाँदै गर्दा ज्यामरुङ गाविसको हनुमानस्थान भकारेबाट अपहरणमा परेका हुन् । शिक्षकहरुको चौमासिक तलब झिकेर सदरमुकाम धादिङवेसीबाट मोटरसाइकलमा घर जाँदै गर्दा चार जनाको संख्यामा रहेका मुकुण्डोधारीले साँझ ६ बजेको समयमा अपरण गरी लगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

अपहरणकारीले सापकोटालाई जंगलमा लगेर उनको साथमा रहेको रकम लुटेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अपहरणकारीको कुटपिटबाट घाइते भएका सापकोटाको सल्यानटार उपस्वास्थ्यचौकीमा उपचार भइरहेको छ । अपहरणकारी फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us