राजनीति

प्रकाशमानका कार्यकर्ता रेणुको पक्षमा

२०७० असोज १२ गते १०:५४

काठमाण्डु, १२ असोज– काठमाण्डु निर्वाचन क्षेत्र नम्बर– १ का २ सय बढी कार्यकर्ता एकीकृत माओवादी प्रवेश गरेका छन् । नवप्रवेशीलाई अनामनगरमा शनिबार भएको कार्यक्रममा माओवादी नेता कृष्णबहादुर महराले टीका लगाएर स्वागत गरे । कार्यक्रममा नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता सुमीत सिग्देल र ज्ञानकुमार श्रेष्ठ नेतृत्वमा...

भोलिसम्ममा उम्मेदवार टुंगो लाग्ने एमाओवादी दाबी

२०७० असोज १२ गते ९:५४

काठमाण्डु, १२ असोज– एकीकृत माओवादीले आइतबारसम्ममा संविधानसभा निर्वाचनको उम्मेदवारको टुंगो लगाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार भेटघाटमा प्रवक्ता अग्नि सापकोटाले  आइतबारसम्ममा ७५ प्रतिशत उम्मेदवार घोषणा गर्ने जानकारी दिए । शनिबार दिनभर आन्तरिक छलफल गर्ने र आइतबार बिहान...

उपाध्यक्ष श्रेष्ठ निर्वाचन सार्ने लविङमा

२०७० असोज १२ गते ३:५१

काठमाण्डु, १२ असोज – एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ४ मंसिरको निर्वाचन सार्न अन्य दलका नेतासँग गोप्य छलफल गरेका छन् । उनले ललितपुरको हरिसिद्धीस्थित आफ्नै निवासमा काँग्रेस, एमाले र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चाका ‘जुनियर’ नेताहरुसँग गोप्य वार्ता गरेका हुन् ।...

अध्यक्ष रेग्मीले आज राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने

२०७० असोज १२ गते ३:३३

काठमाण्डु, १२ असोज– मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संयुक्त राष्ट्रसंघको ६८ औं महासभालाई आज सम्बोधन गर्दैछन । सम्बोधनका क्रममा उनले नेपालमा जारी शान्ति प्रक्रिया र आसन्न संविधानसभा निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने कार्यक्रम रहेको उनका प्रेस सहयोगी राजेन्द्र पाण्डेलले काठमाण्डु टुडेलाई जानकारी दिए । महासभामा...

बैद्यका कार्यकर्ताले लुटे मतदाता शिक्षा सामग्री

२०७० असोज १२ गते ३:०४

जाजरकोट १२ असोज–संबिधानसभा निर्वाचन सक्रिय बहिस्कार गर्ने अभियान सञ्चालन गरिरहेको नेकपा–माओवादीका कार्यकर्ताले जाजरकोटबाट शनिवार बिहान मतदाता शिक्षा समाग्री लुटेका छन । मतदाता शिक्षाका लागि जाजरकोटको दशेरा थल पुगेका निर्वाचन कार्यालयका प्रतिनिधिबाट नेकपा– माओवादीका कार्यकर्ताले निर्वाचन सामाग्री लुटेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ ।...

एमाले नेता विष्टलाई पितृशोक

२०७० असोज १२ गते २:५६

गुल्मी, १२ असोज– एमाले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गोकर्ण विष्टलाई पितृशोक परेको छ । विष्टका पिता भीमबहादुर विष्टको ८३ वर्षको उमेरमा गुल्मी दोहली–३ बाँझास्थित पुख्र्यौली घरमा गएराति निधन भएको हो । स्वर्गीय विष्टको आजै अन्त्येष्टि गरिने एमाले गुल्मीका अध्यक्ष टोमलाल पाण्डेले जानकारी दिए ।...

चुनावमा परिचालित हुन सेना तयार

२०७० असोज १२ गते २:१०

काठमाण्डु, ११ असोज– नेपाली सेनाले आसन्न मंसिर ४ का लागि घोषित संविधानसभा निर्वाचनमा परिचालित हुन तयार रहेको बताएको छ । प्रधानसेनापति गौरवशमशेर राणाको भारत भ्रमणबारे जानकारी दिन शुक्रबार सैनिक जनसम्पर्क निर्देशनालयले गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता सहायक...

वैद्यलाई निर्वाचन प्रक्रिया बाहिर नराख्न एमाओवादीका सल्लाहकारको सुझाव

२०७० असोज ११ गते १४:२०

काठमाण्डु, ११ असोज– एकीकृत नेकपा माओवादीको सल्लाहकार परिषद्ले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई पनि निर्वाचन प्रक्रियामा ल्याउन पार्टी नेतृत्वलाई सुझाव दिएको छ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार भएको शीर्ष नेता र केन्द्रीय सल्लाहकारहरुको बैठकमा सल्लाहकारहरुले वैद्य माओवादीलाई निर्वाचन प्रक्रियाबाहिर नराख्न नेतृत्वलाई आग्रह गरेका हुन्...

दुई दिनभित्रै उम्मेदवार टुंगो लगाउने काँग्रेस–एमालेको तयारी

२०७० असोज ११ गते १४:१५

काठमाण्डु, ११ असोज– नेपाली काँग्रेस र एमालेले एक दुई दिनभित्रै संविधानसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको टुंगो लगाउने भएका छन् । त्यसका लागि केही दिनयता काँग्रेस संसदीय समिति र एमाले स्थायी कमिटी बैठक हरेक दिन बस्दै आएको छ । काँग्रेस महामन्त्री कृष्ण सिटौलाले ५०...

अख्तियारबाट भ्रष्टाचार आरोपमा आयल निगमका वरिष्ठ सहायक पक्राउ

२०७० असोज ११ गते १३:०६

काठमाण्डु, ११ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको बोनस बाँड्ने निर्णयमा दोषी रहेको भन्दै थप एक जनालाई पक्राउ गरेको छ । अख्तियारले आयोगका वरिष्ठ सहायक देवीप्रसाद न्यौपानेलाई शुक्रबार पक्रेको हो । यस्तै उनीमाथि यसअघि अख्तियारले पक्राउ गरेको विरोधमा वक्तव्य निकालेको र टेलिभिजनमा...

अरु सबै विज्ञापनका साधन हुन, हामी कम्युनिष्ट : वैद्य

२०७० असोज ११ गते १२:१७

काठमाण्डु, ११ असोज – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्नो पार्टीबाहेक नेपालमा कोही पनि कम्युनिष्ट नरहेको दाबी गरेका छन् । पार्टी सल्लाहकार हस्तबहादुर केसीद्वारा लिखित पुस्तक ‘क्रान्ति र विद्रोह’ को शुक्रबार राजधानीमा विमोचन गर्दै उनले नेपालमा विज्ञापनका लागि मात्र कम्युनिष्ट पार्टी खुल्ने गरेको बताए ।...

भावी प्रधानमन्त्रीमा कमल थापाको दाबी

२०७० असोज ११ गते ११:२४

काठमाण्डु, ११ असोज – राप्रपा नेपालले आसन्न संविधानसभा निर्वाचनपछि आफ्ना अध्यक्ष कमल थापा मुलुकको प्रधानमन्त्री बन्ने दाबी गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको घोषणापत्रमा संविधानसभा निर्वाचनपछि थापा प्रधानमन्त्री बन्ने दाबी गरिएको छ । उसले संवैधानिक राजसंस्थालाई मुख्य चुनावी नारा बनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us