
जाजरकोट १२ असोज–संबिधानसभा निर्वाचन सक्रिय बहिस्कार गर्ने अभियान सञ्चालन गरिरहेको नेकपा–माओवादीका कार्यकर्ताले जाजरकोटबाट शनिवार बिहान मतदाता शिक्षा समाग्री लुटेका छन ।
मतदाता शिक्षाका लागि जाजरकोटको दशेरा थल पुगेका निर्वाचन कार्यालयका प्रतिनिधिबाट नेकपा– माओवादीका कार्यकर्ताले निर्वाचन सामाग्री लुटेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ । थलबाट मतदाता शिक्षा सम्बन्धी पुस्तिका, मतपत्रको नमूना लगायतका सामाग्री नेकपा माओवादीका कार्यकर्ताले लुटेका हुन । कार्यालयले शनिवारदेखि जाजरकोटका विभिन्न चार ठाउँमा मतदाता शिक्षा कार्यक्रम शुरु गर्ने तयारी गरेको थियो ।