दुई दिनभित्रै उम्मेदवार टुंगो लगाउने काँग्रेस–एमालेको तयारी

काठमाण्डु टुडे २०७० असोज ११ गते १४:१५ मा प्रकाशित

काठमाण्डु, ११ असोज– नेपाली काँग्रेस र एमालेले एक दुई दिनभित्रै संविधानसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको टुंगो लगाउने भएका छन् ।
congress-amale6त्यसका लागि केही दिनयता काँग्रेस संसदीय समिति र एमाले स्थायी कमिटी बैठक हरेक दिन बस्दै आएको छ । काँग्रेस महामन्त्री कृष्ण सिटौलाले ५० जिल्लाका समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लागिसकेको र बाँकीको केही दिनमै अन्तिम टुंगो लगाइने बताए । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार सञ्चारकर्मीसँग उनले आइतबारसम्ममा उम्मेदवारको टुंगो लाग्ने बताए ।
उनले सबै उम्मेदवारको एकैसाथ सार्वजनिक गर्ने जानकारी दिए । उनले पार्टीमा लामो समय योगदान गरेका नेता कार्यकर्तालाई निर्वाचनमा उम्मेदवार बनाउने मापदण्ड तय गरिएको र सोही अनुसार निर्णय लिइने पनि बताए ।
यस्तै एमालेले पूर्वाञ्चल र मध्यामाञ्चलबाट प्रत्यक्षतर्फको उम्मेदवारको टुंगो लगाइएको जानकारी दिए । उनले केही दिनभित्रै २ सय ४० निर्वाचन क्षेत्रकै उम्मेदवारको अन्तिम टुंगो लगाएर एकैसाथ सार्वजनिक गरिने जानकारी दिए । पूर्वाञ्चल र मध्यमाञ्चलबाट तोकिएका नाम भने एमालेले सार्वजनिक गरेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us