काठमाण्डु, ११ असोज–काठमाण्डुको जोरपाटी नारायणटारमा शुक्रबार विहान अज्ञात व्यक्तिले गोली चलाउँदा एकजना घाइते भएका छन् । कालो पल्सर मोटरसाइकलमा सवार व्यक्तिले चलाएको गोली लागेर भारतीय नागरिक मोहमद सुनहक घाइते भएका हुन् । उनको पेटमा दुई र तिघ्रामा दुई गरी चार गोली लागेको प्रहरीले जनाएको...
काठमाण्डु, ११ असोज – आगामी संविधानसभा निर्वाचनमा उम्मेदवार छनौटको विषयलाई लिएर सबैजसो प्रमुख दलमा किचलो छ । एमाओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, मधेसवादी लगायत सबैजसो दलमा उम्मेदवारको हानथाप छ । काँग्रेसमा सभापति सुशील कोइराला र शेरबहादुर देउवाबीचको अन्तरसंघर्षले पार्टीमा पटक पटक किचलो भैरहन्छ ।...
धनुषा, ११ असोज– धनुषाको जनकपुरस्थित हजारी जनक सँस्कृत क्याम्पसका सहप्राध्यापकको हत्या भएको छ । सिराहाको अर्नमा घर भएका नेपाली विषयका सहप्राध्यापक सत्यनारायण गडेरीको हत्या भएको हो । उनको शव शुक्रबार विहान कुर्खा–६ स्थित इटाभट्टा नजिक फेला परेको छ । ...
काठमाण्डु, ११ असोज–एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनको उम्मेदवार शुक्रबार तय गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा विहीबार बसेको केन्द्रीय कार्यालय र उम्मेदवार छनौट समितिको संयुक्त बैठकले समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारको नामावली शुक्रबार टुङ्गो लगाउने निष्कर्ष निकालेको हो । उम्मेदवार,...
काठमाण्डु, ११ असोज – नेपाली काँग्रेसले आगामी संविधानसभा निर्वाचनका उम्मेदवारको एकमुष्ठ टुङ्गो लगाउने भएको छ । उम्मेदवार छनोट प्रक्रिया सुरु भएको र छलफल सकारात्मक भएकाले सबै उम्मेदवार एकमुष्ठ टुङ्गो लगाइने काँग्रेस नेता डा. रामशरण महतले जानकारी दिए । यसअघि विहीबार बसेको समितिको बैठकले आगामी...
झापा, ११ असोज–झापाको जुरोपानी ९ मा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । जुरोपानीबाट दमक जाँदै गरेको को १२ प ८८ नम्बरको स्कुटर दुर्घटना हुँदा दमक १२ का ३५ बर्षीय लक्ष्मी सुब्बाको मृत्यु भएको प्रहरीले जनाएको छ...
काठमाण्डु, ११ असोज – यसपालीको बडादशैंको टीकाको उत्तम साइत विहान ९ बजेर ५७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीका लगाउँदा उत्तम खोज्नेहरुकालागि ९ बजेर ५७ मिनेट उत्तम हुने जनाएको हो । उद्यपी दशैंमा मान्यजनबाट लगाइने रातो टीका दूर्गादेवीको प्रसाद भएकाले...
मुगु, ११ असोज – मुगु राराका एक युवकले आफ्ना ५६ वर्षीय बाबुको धुमधामले बिहे गराइदिएका छन् । रारा गाउँ विकास समिति–३ खनाया गाउँका वीरबहादुर बलले आफ्ना ५६ वर्षीय बुबा रतनबहादुर बमको नार्थपु गाविस–२ जवलधाराकी ४२ वर्षीया जन्मकला शाहीसँग बाजागाजासहित धुमधामसँग बिहे गराईदिएका हुन् ।...
काठमाण्डु, १० असोज– सर्वोच्च अदालतले नैतिक पतन देखिने फौजदारी कसुरमा संलग्न व्यक्तिलाई संविधानसभा निर्वाचनमा उम्मेदवार नबनाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय गिरशचन्द्र लाल, सुशीला कार्की र प्रकाश वस्तीको संयुक्त इजलाशले फौजदारी अभियोग लागेका व्यक्तिलाई उम्मेदवार नबनाउन आदेश दिएको हो । यसअघि बिहीबार...
काठमाण्डु, १० असोज । तीव्र विरोधका बीच मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्रसंघको ६८ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार राति अमेरिका प्रस्थान गरेका छन् । अध्यक्ष रेग्मी बिहीबार राति ९ बजेर १५ मिनेटमा त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमण दलमा...
काठमाण्डु, १० असोज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन ट्रान्सर्फमर खरिद प्रकरणको तेश्रो मुद्धामा १८ आरोपीसँग धरौटी माग गरेको छ । विशेष अदालतले ट्रान्सर्फमर खरिद प्रकरणमा दोषी देखिएका नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक जिवेन्द्र झासहित १८ जनासँग धरौटी मागेको हो । विशेषका प्रवक्ता...
काठमाण्डु, १० असोज–एमालेको भातृसंगठन अनेरास्ववियुको अध्यक्षमा किशोरबिक्रम मल्ल निर्वाचित भएका छन । आफना प्रतिस्पर्धीलाई ३२ मतले उछिन्दै मल्ल निर्वाचित भएका हुन । एमाले मुख्यालय बल्खुमा बिहिवार साँझ घोषणा गरिएको मत परिणाम अनुसार मल्लले प्रतिस्पर्धी लक्ष्मण लम्साललाई पराजित गरेका हुन । लम्साललाई एमाले अध्यक्ष झलनाथ...