दशैंको टीकाको उत्तम साइत ९:५७ मा

काठमाण्डु टुडे २०७० असोज ११ गते २:०९ मा प्रकाशित

Dashainकाठमाण्डु, ११ असोज – यसपालीको बडादशैंको टीकाको उत्तम साइत विहान ९ बजेर ५७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीका लगाउँदा उत्तम खोज्नेहरुकालागि ९ बजेर ५७ मिनेट उत्तम हुने जनाएको हो ।

उद्यपी दशैंमा मान्यजनबाट लगाइने रातो टीका दूर्गादेवीको प्रसाद भएकाले जुनकुनै समयमा पनि ग्रहण गर्न सकिने समितिको भनाई छ । देवी विसर्जन बिहान ९ बजेर २५ मिनेट र तुलजा भवानीको यात्रा बिहान १० बजेर ११ मिनेटको साइतमै गर्नुपर्ने समितिको ठहर छ ।

यसपालीको दशैं यही असोज २८ गते सोमबार परेको छ । घटस्थापना असोज १९ गते शनिबार बिहान ९ बजेर ५१ मिनेटमा राख्न र फूलपाती २५ गते शुक्रबार बिहान ९ बजेर ३१ मिनेटमा भित्राउँदा उत्तम हुने पञ्चाङ्ग निर्णायक समितिका सदस्य–सचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us