काठमाण्डु, ७ असोज – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनरत १७ विद्यार्थी संगठनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले मंगलबार १७ विद्यार्थी संगठनको बैठक बसी आन्दोलनका कार्यक्रम तय गरिने जानकारी काठमाण्डु टुडेलाई दिए । लामिछानेले मूल्यवृद्धि फिर्ताका...
काठमाण्डु, ७ असोज– नेपाली काँग्रेसले लामो समयको विवादपछि संसदीय समिति गठनमा सहमति जुटाएको छ । संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवाबीच भागबण्डाका आधारमा समिति गठनमा सहमति भएको हो । सहमतिअनुसार १४ सदस्यीय समितिमा ९ संस्थापन र ५ देउवा पक्षका छन् । देउवाले संसदीय समितिमा...
काठमाण्डु, ७ असोज– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्नो पार्टी सम्वद्ध ३३ दलीय मोर्चालाई पाखा लगाएर गरिएको संविधानसभा निर्वाचनको औचित्य नरहेको बताएका छन् । चुनाव बहिस्कार आन्दोलनमा रहेको ३३ दलीय मोर्चाले सोमबार राजधानीको खुलामञ्चमा गरेको विरोधसभामा वैद्यले आफूहरुलाई पाखा लगाएर बनाइने संविधान आगो लगाएर जलाउने...
काठमाण्डु, ७ असोज– सरकारले निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न बाधाअड्काउ फुकाउसम्बन्धी अध्यादेश दोस्रोपटक राष्ट्रपतिसमक्ष पेस गरेको छ । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले शीतलनिवास पुगी राष्ट्रपति रामवरण यादवसमक्ष अध्यादेश सिफारिस गरेका हुन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संविधानसभाको पहिलो बैठकले अनुमोदन गर्ने गरी सेना...
बाँके, ७ असोज– भारतीय एसएसबीले बाँकेको सीमावर्ती क्षेत्रबाट एक नेपाली महिलालाई ४ किलो चरेससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घोराहीकी ३९ वर्षीया तुलसी सुनार रहेकी छन् । उनलाई जमुनाह हुँदै भारत जान लाग्दा रुपैडिहा चेकपोष्टमा चेकजाँचका क्रममा एसएसबीले पक्रेको हो । उनले...
नवलपरासी, ७ असोज– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको प्रगतिनगरमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ७३६४ नम्बरको बसले ना १९ प ८३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा प्रगतिनगर–२ का...
काठमाण्डु, ७ असोज– एमाले सम्वद्ध विद्यार्थीहरुको संगठन अनेरास्ववियुको अध्यक्षमा दुई जनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षका प्रत्यासीमध्येका एक नवराज पौडेलले अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिएपछि निवर्तमान उपाध्यक्ष लक्ष्मण लम्साल र महासचिव किशोरविक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ । उम्मदेवारी फिर्ता लिएका...
चितवन, ७ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय खुफिया एजेन्सी ‘रअ’ सँग जोडेर आफूहरुले सञ्चालन गरेको जनयुद्धको बदनाम गर्न खोजिएको बताएका छन् । क्रान्तिकारी पत्रकार संघले चितवनको भरतपुरमा सोमबार गरेको पत्रकार भेटघाटमा उनले आफूहरुले संयुक्त राष्ट्रसंघ, अमेरिका, युरोपेली संघ, भारत र चीनलाई...
काठमाण्डु, ७ असोज–उच्चस्तरीय राजनीतिक समितिले चुनावमा सेना परिचालनकोलागि बाधा अड्काउ फुकाउ मार्फत् संविधान संशोधन गर्न सरकारलाई सुझाव दिएको छ । सोमबार विहान बसेको उच्चस्तरीय समितिको बैठकले अन्तरिम संविधानको धारा १४५ को उपधारा ५ लाई संशोधन गर्न बाधा अड्काउ फुकाउको प्रकृया शुरु गर्न सरकारलाई पत्राचार...
काठमाण्डु, ७ असोज– राष्ट्रिय मानव अधिकार आयोगले बाराको निजगढ निवासी पशु स्वास्थ्य व्यवसायी भगवान बडाललाई सकुशल अपहरणमुक्तिको पहल गर्न सरकार र सरोकारवाला निकायलाई आग्रह गरेको छ । अज्ञात समूहले बडाललाई अपहरण गरी बेपत्ता बनाएको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले सरकार, नागरिक समाज र मानव...
धनगढी, ७ असोज – नेकपा एमालेका नेता भीम रावलले आगामी मंसिर ४ मा हुने संविधानसभा निर्वाचनमा एमाले पहिलो शक्ति हुने दावी गरेका छन् । कैलालीमा सोमबार भएको कार्यकर्ता भेटघाटमा रावलले मंसिर ४ गते हुने निर्वाचनमा सबैलाई पछि पार्दै एमाले पहिलो पार्टी बन्ने दावी गरेका...
काठमाण्डु, ७ असोज – चुनावी प्रकृयाप्रति असन्तुष्ट नेकपा–माओवादी नेतृत्वको मोर्चाले सोमबार काठमाण्डु र पोखरामा विरोधसभा गर्दैछ । पछिल्लोपटक उच्चस्तरीय राजनीतिक समितिको वार्ता विफल भएपछि मोर्चाले आन्दोलनका कार्यक्रम अनुसार विरोधसभा गर्न लागेको हो । काठमाण्डुमा दिउँसो हुने सभालाई अध्यक्ष मोहन वैद्यले र पोखराको सभालाई उपाध्यक्ष...