१७ विद्यार्थी संगठनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने

काठमाण्डु टुडे २०७० असोज ७ गते १३:४९ मा प्रकाशित

काठमाण्डु, ७ असोज – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनरत १७ विद्यार्थी संगठनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएका छन् ।
नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले मंगलबार १७ विद्यार्थी संगठनको बैठक बसी आन्दोलनका कार्यक्रम तय गरिने जानकारी काठमाण्डु टुडेलाई दिए ।  लामिछानेले मूल्यवृद्धि फिर्ताका लागि मंगलबार अपराह्न ४ बजेसम्मको अल्टिमेटम दिइएको र सो अवधिभित्र माग पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गरिने जानकारी दिए । मूल्ययवृद्धि फिर्ताको माग गर्दै विद्यार्थी संगठनहरुले यसअघि देशभरका क्याम्पस अगाडि प्रदर्शन गर्नुका साथै तीन दिनसम्म पेट्रोलपम्प बन्द गराएका थिए ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले पेट्रोलमा ५ तथा डिजेल र मट्टितेलमा ३÷३ रुपैयाँका दरले मूल्य बढाएपछि विद्यार्थी संगठनहरु आन्दोलित छन् । यसैबीच विद्यार्थी संगठनहरुको दबाबमा वाणिज्य तथा आपूति मन्त्रालयले पेट्रोलियम पदार्थको मुल्यवृद्धिको निर्णय सच्याउने तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us