
काठमाण्डु, ७ असोज– राष्ट्रिय मानव अधिकार आयोगले बाराको निजगढ निवासी पशु स्वास्थ्य व्यवसायी भगवान बडाललाई सकुशल अपहरणमुक्तिको पहल गर्न सरकार र सरोकारवाला निकायलाई आग्रह गरेको छ ।
अज्ञात समूहले बडाललाई अपहरण गरी बेपत्ता बनाएको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले सरकार, नागरिक समाज र मानव अधिकारकर्मीहरूसँग मुक्तिको पहल गर्न भनेको हो । आयोगका कायम मुकायम सचिव वेदप्रसाद भट्टराइले सोमबार निकालेको विज्ञप्तिमा स्वतन्त्र र भयरहित वातावरणमा बाँच्न पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान गर्न सम्वद्ध सबै पक्षसँग आग्रह गरिएको छ ।
गत भदौ ३१ गते अज्ञात समूहले बडाललाई अपहरण गरी वेपत्ता बनाएको छ । उनको अवस्था हालसम्म पनि अज्ञात छ ।