दुर्घटनामा परिवारका तीनको मृत्यु

काठमाण्डु टुडे २०७० असोज ७ गते ११:५० मा प्रकाशित

नवलपरासी, ७ असोज– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको प्रगतिनगरमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ७३६४ नम्बरको बसले ना १९ प ८३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा प्रगतिनगर–२ का ५० वर्षीय रामप्रसाद भुसाल उनकी छोरी २६ वर्षीया लक्ष्मी तिवारी र नाति २ वर्षका युगल तिवारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय प्रगतिनगरले जनाएको छ । ठक्कर दिने बसका चालक फरार छन् । बसमा आक्रोशित स्थानीयले आगजनी गरेका छन् । मृतक परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले पूर्वपश्चिम राजमागर्अ अवरुद्ध पारेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us