काठमाण्डु र पोखरामा माओवादीको विरोधसभा

काठमाण्डु टुडे २०७० असोज ७ गते ४:४० मा प्रकाशित

maoist flagकाठमाण्डु, ७ असोज – चुनावी प्रकृयाप्रति असन्तुष्ट नेकपा–माओवादी नेतृत्वको मोर्चाले सोमबार काठमाण्डु र पोखरामा विरोधसभा गर्दैछ । पछिल्लोपटक उच्चस्तरीय राजनीतिक समितिको वार्ता विफल भएपछि मोर्चाले आन्दोलनका कार्यक्रम अनुसार विरोधसभा गर्न लागेको हो ।

काठमाण्डुमा दिउँसो हुने सभालाई अध्यक्ष मोहन वैद्यले र पोखराको सभालाई उपाध्यक्ष सीपी गजुरेल लगायत नेताहरुले सम्बोधन गर्नेछन् ।

माओवादी नेतृत्वको मोर्चाले साउन १० गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएको छ । मोर्चाले असोज ९ र १० गतेकालागि आह्वान गरेको नेपाल बन्दको कार्यक्रम भने फिर्ता लिएको छ ।

माओवादीले जारी निर्बाचन प्रकृया स्थगित गर्नुपर्ने, मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने, राजनीतिक निकासकालागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने लगायत माग राख्दै आएको छ ।

मध्यान्ह १२:०० बजे जुलुस प्रारम्भ हुने स्थानहरु-
काठमाडौं
१ नं. निर्वाचन क्षेत्र — हनुमानस्थान
२ नं. निर्वाचन क्षेत्र — बबरमहल र गौशाला
३ नं. निर्वाचन क्षेत्र — चुच्चेपाटी
४ नं. निर्वाचन क्षेत्र — चावहिल चोक
५ नं. निर्वाचन क्षेत्र — खानी विभाग
६ नं. निर्वाचन क्षेत्र — लैनचौर
७ नं. निर्वाचन क्षेत्र — सोह्रखुट्टे
८ नं. निर्वाचन क्षेत्र — टेकु विष्णुमति किनार
९ नं. निर्वाचन क्षेत्र — टेकु चोक
१० नं. निर्वाचन क्षेत्र — कालीमाटी
ललितपुर
१ नं. निर्वाचन क्षेत्र — हिमालय होटेल अगाडि
२ नं. निर्वाचन क्षेत्र — कानदेवता
३ नं. निर्वाचन क्षेत्र — कुपोण्डोलपुलनेर
भक्तपुर
१ नं. निर्वाचन क्षेत्र — बबरमहल (नेपाल टेलिकम अगाडि)
२ नं. निर्वाचन क्षेत्र — ऐजन

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us