गृहमन्त्री लेखकलाई राप्रपाको चेतावनीः प्रतिपक्षमा पुगेपछि जनताको कठघरामा उभिनुपर्छ, धेरै दिन छैन

काठमाण्डु टुडे २०८२ असार १४ गते १३:०४ मा प्रकाशित

काठमाण्डू, १४ असार– राप्रपा सांसद् रोशन कार्कीले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकप्रति कटाक्ष गरेकी छन् ।

प्रतिनिधिसभा बैठकमा शनिबार कार्कीले हालै पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वमा सरकारद्वारा गठित छानबिन समितिले लेखकलाई चोख्याउने काम गर्ने बताइन् । भिजिट भिसाका नाममा नेपाली युवालाई लुट्ने काममा गृहमन्त्री लेखक प्रत्यक्ष संलग्न रहेको आरोप उनले लगाइन् ।

लेखकले भिजिट भिसामा जानेहरुकाट दैनिक ५० लाख देखि १ करोड बुझ्ने गरेको भन्दै उनले उक्त कमाईलाई वैधानिकता दिन आफैंले छानेका मानिसहरु राखेर मन्त्रिपरिषदबाट छानबिन समिति गठन गराएको आरोप उनको छ ।

गृहमन्त्री लेखकले आफूलाई बचाउने गरी समिति बनाउने प्रस्ताव गरेको र मन्त्रिपरिषदल् त्यसलाई अनुमोदन गरेको आरोप उनले लगाइन् ।

भनेर उनले अर्को प्रश्न गरिन् । उनले गृहमन्त्रीमा नैतिकता नरहेको पनि टिप्पणी गरिन् । काँग्रेस संस्थापक बीपी कोइरालाले जो कार्यकर्ता नेताको ज्यादती सहेर बस्छन् कि त ती चरम अवसरवादी हुन् कि त दास हुन् भनेको स्मरण गर्दै लेखकमाथि प्रश्न गरिन्, ‘गृहमन्त्रीज्यूलाई म सोध्न चाहन्छु तपाईं कुन वर्गमा पर्नुहुन्छ ?’

मानव तस्करीको नाममा निमुखा नेपाली जनतालाई किन लुटिँदैछ भन्ने प्रश्नको जवाफ गृहमन्त्रीले दिनुपर्ने उनले बताइन् ।

गृहमन्त्री लेखकलाई धेरै फुर्ती नदेखाउन चुर्नाैती दिँदै कार्कीले कुनै दिन काँग्रेस संसदमा सत्तापक्षबाट प्रतिपक्षी बेन्चमा आउने दाबी गरिन् । ‘त्यतिखेर नेपाली जनतालाई के जवाफ दिनुहुन्छ ?’, उनले लेखकलाई प्रश्न गरिन् ।

उनले नेपालीलाई भिजिट भिसाका नाममा बेचेर अर्थमनन्त्रीले रेमिट्यान्स हिसाब गर्न नमिल्ने तर्क गरिन् ।

‘तपाईंले भिजिट भिसाको नाममा विदेश जानेसँग दैनिक जुन असुली गर्नुभएको छ । ५० लाख देखि एक करोडसम्म लिएर नेपाली जनताहरूलाई बेच्नुभएको छ,’ कार्कीले भनिन्, ‘नेपाली जनताहरू जसको रेमिट्यान्समा हामी गर्व गर्छौं, अर्थमन्त्रीज्यू गर्व गर्नुहुन्छ हामीलाई यति रेमिट्यान्स आयो भनेर । तिनिहरूलाई भिजिट भिसाको नाममा यसरी मानव तस्करी गरेर बेच्न पाइन्छ ?’ ।

उनले चेतावनीको शैलीमा गृहमन्त्री लेखकले ‘दूधको साक्षी बिरालो’ शैलीमा आफूलाई उम्काउने गरी समिति बनाए पनि धेरै दिन उम्कन नसक्ने बताइन् ।

‘तर तपाईं धेरै दिन उम्केर बस्न सक्नुहुन्न’, कार्कीले भनिन्, ‘एक दिन न एक दिन जनताको कठघरामा आउनुहुन्छ ।’ उनले नैतिकता भए राजीनामा दिएर छानबिनमा सघाउन गृहमन्त्री लेखकलाई आग्रह गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us