
मकवानपुर, १४ असार– मवकानपुरमा खुर्पा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय रामबहादुर वाइबाको खुर्पा प्रहारबाट ज्यान गएको हो ।
घटना शनिबार बिहान ५ बजेतिरको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालयका अनुसार वाइमामाथि बाराको निजगढ नगरपालिका–३ सिंगोलका ३५ वर्षीय कुमार थापाले खुर्पा प्रहार गरेका हुन् । थापा बेतिनीस्थितमा स्वास्थ्य चौकीका कार्यालय सहयोगी रहेको खुलेको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते वाइबाको शनिबार बिहान उपचारका क्रममा बेतिनी स्वास्थ्य चौकीमा ज्यान गएको हो । अर्यालले शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको जानकारी दिए ।
वाइबाको हत्यापछि हातमा खुकुरी लिएर ‘नजिक आए सिध्याइदिुन्छु’ भन्दै हिंडेका थापालाई इलाका प्रहरी कार्यालयका फापरबारीबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।