काँग्रेस संसदीय समितिमा मिल्यो भागबण्डा

काठमाण्डु टुडे २०७० असोज ७ गते १३:२० मा प्रकाशित

काठमाण्डु, ७ असोज– नेपाली काँग्रेसले लामो समयको विवादपछि संसदीय समिति गठनमा सहमति जुटाएको छ ।
nc flagसंस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवाबीच भागबण्डाका आधारमा समिति गठनमा सहमति भएको हो । सहमतिअनुसार १४ सदस्यीय समितिमा ९ संस्थापन र ५ देउवा पक्षका छन् ।

देउवाले संसदीय समितिमा ६ सदस्यको दाबी गरेका कारण काँग्रेसमा किचलो थियो । समितिमा सभापति कोइराला, नेता देउवा,  रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, चित्रलेखा यादव, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, अर्नुननरसिंह केसी, रामशरण महत, फरमुल्लाह मन्सुर, आनन्दप्रसाद ढुंगाना र सुजाता कोइराला रहेको केन्द्रीय सदस्य इन्द्रबहादुर गुरुङले काठमाण्डु टुडेलाई जानकारी दिए । संसदीय समिति गठन हुन नसक्दा जिल्लाबाट सिफारिस भएर आएका नाममा निर्णय हुन सकेको थिएन ।
खड्का सह–महामन्त्री नियुक्त
यसैबीच काँग्रसले केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई सह–महामन्त्रीमा नियुक्त गरेको छ । देउवा पक्षीय खड्का पूर्वसहमतिअनुसार सहमहामन्त्री बनेका हुन् । महाधिवेशनको केही समयपछि नै देउवा पक्षलाई सहमहामन्त्री दिने सहमति भएको थियो । तर संसदीय समिति गठन र भातृसंस्था विवादका कारण सहमति कार्यान्वयन भएको थिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us