नेपाली महिला चार किलो चरेससहित भारतमा पक्राउ

काठमाण्डु टुडे २०७० असोज ७ गते १२:०२ मा प्रकाशित

बाँके, ७ असोज– भारतीय एसएसबीले बाँकेको सीमावर्ती क्षेत्रबाट एक नेपाली महिलालाई ४ किलो चरेससहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ घोराहीकी ३९ वर्षीया तुलसी सुनार रहेकी छन् । उनलाई जमुनाह हुँदै भारत जान लाग्दा रुपैडिहा चेकपोष्टमा चेकजाँचका क्रममा एसएसबीले पक्रेको हो । उनले चरेस आफ्नो नभई दाङकै ज्योती मदरको भएको दाबी गरेकी छन् ।

बरामद भएको चरेसको मूल्य चार लाखभन्दा बढी छ । सुनारलाई आवश्यक कारबाहीका लागि चरेससहित नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको एसएसबीले जनाएको छ । बरामद् चरेसको मूल्य ४ लाख भारतीय रुपैयाँ रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us