अखिलमा खनाल र ओली प्यानलको भिडन्त

काठमाण्डु टुडे २०७० असोज ७ गते ९:३४ मा प्रकाशित

काठमाण्डु, ७ असोज– एमाले सम्वद्ध विद्यार्थीहरुको संगठन अनेरास्ववियुको अध्यक्षमा दुई जनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
jnk-oli_20111225093334अध्यक्षका प्रत्यासीमध्येका एक नवराज पौडेलले अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिएपछि निवर्तमान उपाध्यक्ष लक्ष्मण लम्साल र महासचिव किशोरविक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ । उम्मदेवारी फिर्ता लिएका पौडेलले मल्ललाई समर्थन गर्ने भएका छन् ।

अध्यक्षका दुई प्रत्यासीमध्ये लम्साललाई पार्टी अध्यक्ष झलनाथ खनाल र मल्ललाई नेता माधव नेपाल र केपी ओली पक्षको समर्थन छ । महासचिवमा नवीना लामा र रचना खड्का भिड्दै छन् । अखिल महाधिवेशनले ११ सदस्यीय पदाधिकारीसहित १ सय ३५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । मतगणनाको परिणाम आजै साँझसम्ममा आइसक्ने निर्वाचन समितिले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us