एमाले पहिलो शक्ति हुन्छ : रावल

काठमाण्डु टुडे २०७० असोज ७ गते ६:१९ मा प्रकाशित

bhim-rawalधनगढी, ७ असोज – नेकपा एमालेका नेता भीम रावलले आगामी मंसिर ४ मा हुने संविधानसभा निर्वाचनमा एमाले पहिलो शक्ति हुने दावी गरेका छन् । कैलालीमा सोमबार भएको कार्यकर्ता भेटघाटमा रावलले मंसिर ४ गते हुने निर्वाचनमा सबैलाई पछि पार्दै एमाले पहिलो पार्टी बन्ने दावी गरेका हुन् ।

उनले आगामी चुनावलाई कसैले रोक्न नसक्ने पनि बताए । एमालेलाई जिताउन सम्पूर्ण कार्यकर्तालाई आ–आफ्नो कार्यक्षेत्रमा सकृय हुन उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।
सुदूरपश्चिमबाट कैलाली कञ्चनपुर टुक्र्याउन नहुने भन्दै उनले आफू अखण्ड सुदूरपश्चिमको पक्षमा भएको स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us