अनेरास्ववियूको अध्यक्षमा मल्ल र महासचिवमा लामा निर्वाचित

काठमाण्डु टुडे २०७० असोज १० गते १५:१० मा प्रकाशित

काठमाण्डु, १० असोज–एमालेको भातृसंगठन अनेरास्ववियुको अध्यक्षमा किशोरबिक्रम मल्ल निर्वाचित भएका छन । आफना प्रतिस्पर्धीलाई ३२ मतले उछिन्दै मल्ल निर्वाचित भएका हुन । 

एमाले मुख्यालय बल्खुमा बिहिवार साँझ घोषणा गरिएको मत परिणाम अनुसार मल्लले प्रतिस्पर्धी लक्ष्मण लम्साललाई पराजित गरेका हुन । लम्साललाई एमाले अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमको समर्थन थियो भने मल्ललाई बरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओलीको समर्थन थियो ।

kishor-malla-final

त्यस्तै महासचिवमा १३ मतको अन्तरमा नविना लामा निर्वाचित भएकी छिन । लामालाई एमाले अध्यक्ष खनालको समर्थन थियो । उनकी प्रतिस्पर्धी रचना खडकालाई बरिष्ठ नेता नेपाल र ओलीको समर्थन थियो। 

उपाध्यक्षमा दिपक गौतम,ऐन महर तथा थोमस बास्तोला र कोषाध्यक्षमा लक्ष्मी आचार्य निर्वाचित भएका छन । त्यस्तै सचिवमा अष्टकुमारी लामा र राधिका खडका निर्वाचित भएका छन । अनुशासन आयोगको प्रमुमा मेनुका पछाई निर्वाचित भएकी छिन भने लेखा आयोगको प्रमुमा निलकण्ठ आचार्य निर्वाचित भएका छन ।
अनेरास्ववियुको २१ औ महाधिवेशनबाट नेतृत्व छनौटका लागि गत सोमबार निर्वाचन भएको थियो । निर्वाचनमा एक हजार चार सय ४५ मत खसेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us