स्कुटर दुर्घटनामा एकजनाको मृत्यु

काठमाण्डु टुडे २०७० असोज ११ गते २:४० मा प्रकाशित

झापा, ११ असोज–झापाको जुरोपानी ९ मा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

जुरोपानीबाट दमक जाँदै गरेको को १२ प ८८ नम्बरको स्कुटर दुर्घटना हुँदा दमक १२ का ३५ बर्षीय लक्ष्मी सुब्बाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सुब्बाकी पत्नी मीनाको दमकमा उपचार भैरहेको छ ।स्कूटर अनियन्त्रित भई सडक किनारको पीलरमा ठोक्किएर दुर्घटना भएको हो ।

यसैबीच रामेछापको रामपुर गाविस ८ मा अरिङ्गालको टोकाइबाट स्थानीय फत्तेबहादुर सुनुवारको मृत्यु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us