ट्रान्सफर्मर खरिद प्रकरणका १८ दोषीसँग धरौटी माग

काठमाण्डु टुडे २०७० असोज १० गते १५:१० मा प्रकाशित

bishesh adalatकाठमाण्डु, १० असोज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन ट्रान्सर्फमर खरिद प्रकरणको तेश्रो मुद्धामा १८ आरोपीसँग धरौटी माग गरेको छ ।
विशेष अदालतले ट्रान्सर्फमर खरिद प्रकरणमा दोषी देखिएका नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक जिवेन्द्र झासहित १८ जनासँग धरौटी मागेको हो । विशेषका प्रवक्ता दण्डपाणि लामिछानेले झासँग र महाप्रवन्धक युगलकिशोर शाहसँग दुई/दुई करोड धरौटी मागिएको बताए ।

यस्तै मनोज बराल, सुरज शाह, रामविजुल मण्डल, विनोद स्वर्णकार र निमेष पोखरेलसँग १५/लाख, अर्जुन चौहानँग २ लाख र कैलाश अटल, शशीविक्रम शाह, हरिबहादुर पाल र महेश कार्कीसँग १ लाख ५० हजारका दरले धरौटी माग गरिएको जानकारी दिए । यस्तै विशेषले नारायण चौधरी, हरि ग:सी र सुरेश कटुवालसँएक लाख तथा सरोज श्रेष्ठ र सुशील खनालसँग २५ हजार रुपैयाँका दरले धरौटी मागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us