
मुगु, ११ असोज – मुगु राराका एक युवकले आफ्ना ५६ वर्षीय बाबुको धुमधामले बिहे गराइदिएका छन् । रारा गाउँ विकास समिति–३ खनाया गाउँका वीरबहादुर बलले आफ्ना ५६ वर्षीय बुबा रतनबहादुर बमको नार्थपु गाविस–२ जवलधाराकी ४२ वर्षीया जन्मकला शाहीसँग बाजागाजासहित धुमधामसँग बिहे गराईदिएका हुन् । विहेमा भोजभेतर पनि खुवाइएको थियो ।
छवर्षअघि जन्म दिने आमा गुमाएका बम वृद्घ बाबुको बिहे गराएर आमाको खुसी फर्काउन पाउँदा हर्षित देखिन्छन् । पाँच सन्तान र सात नातिनातिना भएका बाबु बम पनि खुसी छन् ।
छोरा वीरबहादुर बम एभिन्यूज टेलिभिजन मुगु जिल्ला समाचारदाता हुन् ।