काठमाण्डुको जोरपाटीमा गोली चल्यो, एक व्यक्ति घाइते

काठमाण्डु टुडे २०७० असोज ११ गते ५:४८ मा प्रकाशित

gun-Shootकाठमाण्डु, ११ असोज–काठमाण्डुको जोरपाटी नारायणटारमा शुक्रबार विहान अज्ञात व्यक्तिले गोली चलाउँदा एकजना घाइते भएका छन् । कालो पल्सर मोटरसाइकलमा सवार व्यक्तिले चलाएको गोली लागेर भारतीय नागरिक मोहमद सुनहक घाइते भएका हुन् ।

उनको पेटमा दुई र तिघ्रामा दुई गरी चार गोली लागेको प्रहरीले जनाएको छ । स्थानीय शंकरापुरा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारकालागि उनलाई महाराजगन्जस्थित शिक्षण अस्पताल पुर्याइएको छ । उनी बौद्धमा कपडा सिलाउने काम गर्दछन् ।

प्रत्यक्षदर्शीका अनुसार बा ४० प ९३४७ नम्बरको कालो पल्सर मोटरसाइकलको पछाडी सवार व्यक्तिले गोली चलाएको थियो । मधेसी मूलको जस्तो देखिने गोली चलाउने व्यक्तिको पहिचान भएको छैन ।

घटनाको जानकारी पाएलगत्तै गोली चलाउने व्यक्तिको खोजी जारी राखेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us