चुनावमा परिचालित हुन सेना तयार

काठमाण्डु टुडे २०७० असोज १२ गते २:१० मा प्रकाशित

काठमाण्डु, ११ असोज– नेपाली सेनाले आसन्न मंसिर ४ का लागि घोषित संविधानसभा निर्वाचनमा परिचालित हुन तयार रहेको बताएको छ ।
jagadishप्रधानसेनापति गौरवशमशेर राणाको भारत भ्रमणबारे जानकारी दिन शुक्रबार सैनिक जनसम्पर्क निर्देशनालयले गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता सहायक रथी जगदशिचन्द्र पोखरेलले सरकारले निर्वाचनमा परिचालित हुन निर्देशन दिइसकेकाले आफूहरुले सोहीअनुसारको तयारी गरिसकेको बताए । उनले नेपाली सेना निर्वाचनमा परिचालित हुन आवश्यक भौतिक सामग्री माग गरिएको जानकारी दिए ।

सरकारले निर्वाचनमा सेना परिचालन गर्न गरेको सिफारिसमा राष्ट्रपति रामवरण यादवले अन्तरिम संविधान संशोधन अध्यादेश स्वीकृत गरिसेकका छन् । निर्वाचन प्रक्रियामा असहमत मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले निर्वाचनमा सेना परिचालन गरेर सरकार र मुख्य चार दलले मुलुकमा जंगी शासनको अभ्यास गर्न खोजेको आरोप लगाउँदै आएको छ ।
प्रधानसेनापति राणा ५ सदस्यीय टोलीको नेतृत्व गर्दै आगामी १३ असोजमा भारत जाँदै छन् । भारतीय सेना अध्यक्षको औपचारिक निमन्त्रणमा भारत जान लागेका उनले रक्षामन्त्री एके एन्टोनी, विदेश सचिव सुजाथा सिंह लगायतसँग भेट्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us