वैद्यलाई निर्वाचन प्रक्रिया बाहिर नराख्न एमाओवादीका सल्लाहकारको सुझाव

काठमाण्डु टुडे २०७० असोज ११ गते १४:२० मा प्रकाशित

काठमाण्डु, ११ असोज– एकीकृत नेकपा माओवादीको सल्लाहकार परिषद्ले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई पनि निर्वाचन प्रक्रियामा ल्याउन पार्टी नेतृत्वलाई सुझाव दिएको छ ।
Perisdadaपार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार भएको शीर्ष नेता र केन्द्रीय सल्लाहकारहरुको बैठकमा सल्लाहकारहरुले वैद्य माओवादीलाई निर्वाचन प्रक्रियाबाहिर नराख्न नेतृत्वलाई आग्रह गरेका हुन् । ‘वैद्यजीहरुलाई पनि सकेसम्म लचकता प्रदर्शन गरेर निर्वाचनमा ल्याउनुपर्छ भन्ने सुझाव दियौं’, परिषद् अध्यक्ष नन्दकुमार प्रसाईंले काठमाण्डु टुडेसँग भने, ‘वैद्यसहित असन्तुष्ट समूहलाई निर्वाचनमा सहभागी गराउनु देश, जनता र सबैको हितमा छ ।’ उनले ठूलो पार्टीको प्रमुख नेताका हैसियतमा सबैलाई समेटेर लैजाने दायित्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भएको र आफूहरुले सोही सुझाव दिएको जानकारी दिए । उनने सबैलाई मिलाएर गएको खण्डमा मुलुकले वर्तमान संकटबाट पार पाउनेमा नेताहरुको ध्यानाकर्षण गराइएको बताए ।

प्रसाईंका अनुसार जवाफमा अध्यक्ष प्रचण्डले वैद्य नेतृत्वको माओवादीलाई निर्वाचन प्रक्रियामा ल्याउन आफूले लचकतापूर्वक प्रयास गरेको र अझै प्रयास जारी राख्ने बताएका छन् ।
यस्तै परिषद्ले आफ्नो स्थायी कार्यालय स्थापना गरिदिन, परिषद् पदाधिकारी र सचिवालयको टुंगो लगाउन,  एकता प्रक्रियामा आएका केही सदस्य थप गर्न तथा सल्लाहकार परिषद्बाट पनि संविधानसभामा खुला र प्रत्यक्षबाट सम्मानजनक प्रतिनिधित्व गराउन माग गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us