अरु सबै विज्ञापनका साधन हुन, हामी कम्युनिष्ट : वैद्य

काठमाण्डु टुडे २०७० असोज ११ गते १२:१७ मा प्रकाशित

काठमाण्डु, ११ असोज – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्नो पार्टीबाहेक नेपालमा कोही पनि कम्युनिष्ट नरहेको दाबी गरेका छन् ।
mohanपार्टी सल्लाहकार हस्तबहादुर केसीद्वारा लिखित पुस्तक ‘क्रान्ति र विद्रोह’ को शुक्रबार राजधानीमा विमोचन गर्दै उनले नेपालमा विज्ञापनका लागि मात्र कम्युनिष्ट पार्टी खुल्ने गरेको बताए । उनले एमालेलाई कम्युनिष्ट नै भन्न नमिल्ने र एकीकृत माओवादी एमालेको बाटोमा हिंडिरहेको आरोप लगाए । उनले आफ्नो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको मुलधार भएको दाबी गरे ।
अर्को फरक प्रसंगमा उनले आफूहरुको सहभागिताबिना गरिने संविधानसभा निर्वाचनले मुलुकमा द्वन्द्व निम्त्याउने जिकिर गरे । सहमतिका लागि आफूहरुले हदैसम्मको लचकता प्रदर्शन गर्दा पनि विदेशी शक्तिको इशारामा मुख्य चार दलले निर्वाचन गराउने लागेको आरोप लगाए । चार दलका नेताको अदुरदर्शीताका कारण मुलुकमा द्वन्द्व निम्तिन लागेको भन्दै उनले त्यसबाट आउने सम्पूर्ण परिणामको जिम्मेवारी उनीहरुले नै लिनुपर्ने उल्लेख गरे । वैद्यले सेना परिचालन गरेर निर्वाचन गराउने सपना नदेख्न सरकार र उच्चस्तरीय राजनीतिक समितिलाई चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us