प्रकाशमानका कार्यकर्ता रेणुको पक्षमा

काठमाण्डु टुडे २०७० असोज १२ गते १०:५४ मा प्रकाशित

काठमाण्डु, १२ असोज– काठमाण्डु निर्वाचन क्षेत्र नम्बर– १ का २ सय बढी कार्यकर्ता एकीकृत माओवादी प्रवेश गरेका छन् ।
maharaनवप्रवेशीलाई अनामनगरमा शनिबार भएको कार्यक्रममा माओवादी नेता कृष्णबहादुर महराले टीका लगाएर स्वागत गरे । कार्यक्रममा नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता सुमीत सिग्देल र ज्ञानकुमार श्रेष्ठ नेतृत्वमा काँग्रेस कार्यकर्ता एमाओवादी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्ने सबै अनामनगर युवा क्लवसँग आवद्ध छन् । यस्तै काठमाण्डु ११ नम्बर वडाका सुनिल गोपाली नेतृत्वमा पार्टी प्रवेश गरेका ५० युवालाई महराले स्वागत गरे । गोपाली तेक्वान्दो खेलाडी र नृत्य निर्देशक हुन् । काठमाण्डु क्षेत्र नम्बर–१ मा एकीकृत माओवादीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाल र काँग्रेसले गणेशमान सिंहका पुत्र महामन्त्री प्रकाशमान सिंहलाई आसन्न संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार तोकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us