अध्यक्ष रेग्मीले आज राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने

काठमाण्डु टुडे २०७० असोज १२ गते ३:३३ मा प्रकाशित

काठमाण्डु, १२ असोज– मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संयुक्त राष्ट्रसंघको ६८ औं महासभालाई आज सम्बोधन गर्दैछन ।
khilrajसम्बोधनका क्रममा उनले नेपालमा जारी शान्ति प्रक्रिया र आसन्न संविधानसभा निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने कार्यक्रम रहेको उनका प्रेस सहयोगी राजेन्द्र पाण्डेलले काठमाण्डु टुडेलाई जानकारी दिए ।
महासभामा सम्बोधन सकेलगत्तै उनले राष्ट्रसंघका महासचिव वान कि मुन र भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग छुट्टाछुट्टै भेट्ने छन् । यस्तै रेग्मीे आजै साँझ अमेरिकामा रहेका नेपाली समुदायले गर्ने अन्तरक्रियामा सहभागी हुने कार्यक्रम छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार न्यूयोर्क प्रस्थान गरेका अध्यक्ष रेग्मी मंगलबार स्वदेश फर्कने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us